- Loading...
२२ औं जेसीज कप फुटबल प्रतियोगिता उद्घाटन
- पुनहिल डट कम
- २ महिना अघि
- १०८ पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीमा २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता उद्घाटन भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसी र अायाेज म्याग्दी जेसिजका अध्यक्ष दिनेश बानियाँले संयुक्त रूपमा दीप प्रज्वलनगरी उद्घाटन गरे ।
जिल्लामा विद्यालय तहमा लोकप्रिय अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको मंगलवारदेखी सुरू भै शनिवार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियेगिता सन् २००४ मा तत्कालिन नेकपा माेवादीले बेनी अाक्रमण गरेपछि र सन् २०२० मा काेराेना कहरकाे कारणले राेकिएकाे थियाे ।
प्रतियोगितामा बिजेतालाई नगद रु ५२ हजार २२२ को साथमा रनिङशिल्ड, ट्रफि, मेडल, प्रमाणपत्रद्धारा पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार उप–बिजेता विद्यालयलाई ट्रफि,मेडल,प्रमाणपत्र र नगद रु.३२ हजार,२३२ पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड्फिल्डर , राईजिङ्ग प्लेयर, उत्कृष्ट कोचलाई जनही नगद रु.२ हजार ५०० को साथमा अवार्डद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि अनुशासित टिमलाई ट्रफि,प्रमाणपत्र र नगद रु.५ हजार तथा सेमि फाईनलिष्ट २ टिम लाई नगद रु.५ हजार पुरस्कार र प्रत्येक खेल मा म्यान अफ द म्याच घोषित गरि सम्मान गरिने म्याग्दी जेसीजले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
