- Loading...
उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा विश्वकर्मा
- पुनहिल डट कम
- २ महिना अघि
- १६८ पटक पढिएको

नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा बलबहादुर विश्वकर्मा चयन भएका छन ।
‘जातीय भेदभाद तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित शनिवार बेनीमा सम्पन्न अधिवेशनले विश्वकर्माको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेकाे हाे।
अधिवेशनबाट समाजको उपाध्यक्षमा जानकी विश्वकर्मा, सचिवमा टेकबहादुर किसान, उपसचिवमा विरबहादुर विक र कोषाध्यक्षमा हिमबहादुर विक चयन हुनुभएको छ । यसैगरी २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको समाजको जिल्ला कमिटी सदस्यहरुमा टेकबहादुर विक, यामबहादुर सिर्पाली, चक्रबहादुर विक, किस्मत विक, जालमाया परियार, माईकल परियार, मिठू विक, सम्मर मिजार लगायत चयन भएका छन ।
यसअघि अधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष तथा जिल्ला समन्वय समितीका प्रमुख मनोहर वि. पौडेलले तीन हजार वर्ष पहिलेदेखि चल्दै आएको जातीय विभेद केही सुधार भए पनि अझै उत्पीडित एवं दलित समुदायले विभेद भोग्नुपरिरहेको बताउनुभयो । उहाँले दलित समुदाय अहिले पनि राज्यको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिकलगायत विविध क्षेत्रको थिचोमिचोमा परिरहेको बताउँदै संविधानमा उल्लेखित हक, अधिकार तथा न्यायको पूर्ण रुपमा उपभोग गर्ने वातावरण बनाउन माग गरे।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, एमाले गण्डकी प्रदेश उपसचिव दानबहादुर विश्वकर्मा, जातीय मुक्ति समाजका केन्द्रीय सचिव धनबहादुर नेपाली, केन्द्रीय सचिवालय सदस्य विष्णु विक, पुष्कर विक, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र जातीय मुक्ति समाज गण्डकी प्रदेश अध्यक्ष निर्मल दियाली समेतले मन्तव्य व्यक्त गर्दै जातीय छुवाछुत, थिचोमिचो र विभेदको विरुद्धमा निरन्तर लडिरहने बताए ।
कार्यक्रम जातीय मुक्ति समाजको भेला आयोजक कमिटी संयोजक खरमाया बिटालुको अध्यक्षता, प्रदेश सदस्य बलबहादुर विश्वकर्माको स्वागत र जिल्ला इन्चार्ज सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
