- Loading...
स्वामित्व विदादले पाेखरे-चित्रे पहिरोग्रस्त सडक मर्मत भएन, यात्रुलाई सास्ती
- घनश्याम खड्का
- २ महिना अघि
- २२५९ पटक पढिएको

सडक स्वामित्व विवादले सडक मर्मत नहुँदा पर्यटकीय क्षेत्र घोरेपानी जोड्ने पोखरे–घार–चित्रे–घोरेपानी सडकमा यात्रुले अति जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।
साविकको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्की पोखरा ठेक्का लगाई स्तर उन्नत भैरहेको पोखरे–घार–चित्रे–घोडेपानी सडकमा ठेकदारको एक वर्ष ‘मेन्टिनेस पिरियड’ रहेको भन्दै कुन कार्यालयको स्वामित्वमा रहने टुङ्गो नहुँदा सडक अलपत्र, बजेट विहिन अवस्थामा पुगेको हो ।
‘पोखरे–चित्रे–घोरेपानी सडकको पहिलो खण्ड पोखरे–चित्रे १८.५ किलोमिटर सडकमा ठेकदारको मेन्टिसेन्स पिरियड बाँकी रहेकोले त्यस खण्डमा कुन कार्यालयले काम गर्ने भन्ने टुङ्गो छैन । अहिले न स्वामित्व न बजेटको अवस्थामा छ । हामीले चित्रे–घोरेपानी खण्डमा मात्र काम गर्छौ’ पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले भने, ‘तल्लो खण्डमा तीन वटा ठूला पहिरोले सडकमा यातायातका साधन समेत हेभी इक्युपमेन्ट लैजान समस्या भएको छ । तर खर्चको अख्तियारीमा प्रश्न उठ्ने भएकोले हामीले सडक मर्मत गरी माथिल्लो खण्डको काम पनि गर्न सकेका छैनौं ।’
अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेवगरबाट माथी घार, शिखहुँदै पर्यटकीय वस्ती घोरेपानी जोड्ने सडकमा पर्ने लुलाए, हल्लेखर्क घुम्ती र फलाटेमा गरी तीन स्थानमा पहिरोले क्षति पुर्याएकोले यातायात संञ्चालनमा कठिनाई हुँदा याक्रा अति जोखिमयुत्त बनेको छ ।
उक्त सडकमा गुड्ने सवारी साधन र यात्रुले अति उच्च दुर्घटना जोखिममोलेर यात्रा गर्न बाध्य छन । पहिलो क्षेत्र मर्मत नहुँदा स्थानीयवासीमा ब्यापक असन्तुष्टी पैदा भै आन्दोलन गर्नु पर्ने चर्चा गर्न थालेका छन ।
पोखरे–चित्रे सडकमा स्वामित्व कस्को भन्ने विवादले पहिरोले क्षतिग्रस्त क्षेत्रमा मर्मत संभार हुन नसक्दा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य पारिएका हुन । गत वर्खायाममा अन्नपूर्ण गाउँपालिका, वडा नं ५ घोप्टेखर्कका पहिरोले सडक भत्काएपछि स्थानीयवासीले भत्केको सडकमा लामा र ठूला काठका बला विच्छाई माथीबाट काठका फ्याक विच्छाएर अस्थाई रुपमा हुलका सवारी साधन मात्र पास हुने गरी यातायात खुलाएका थिए । स्थानीय घोप्टेखर्क, चित्रे, फलाटेबासी तीन दिन ५० जनाका दरले श्रमदान गरी सडक मर्मत गरेका थिए ।
त्यस्तै, मनसुनमा अन्नपूर्ण गाउँपालिका, ६ घारको लुलाएको घुम्तीमा सडक भासिएको र सय मिटर माथी हल्लेखर्क स्थित अर्को घुम्तीमा माथीबाट झरेको सडक साँघुरो भएको, भीरालो परेकोले यातायातका साधन गुड्न समस्या भएको छ ।
भुकम्प प्रभावित सडक अर्न्तगत राष्ट्रिय पुननिर्माण प्राधिकरण अर्न्तगत साविक जिल्ला विकास समिति म्याग्दी र पछि स्थानीय पूर्वाधार विकास आयोजना पोखरा, कास्की मातहत रहनेगरी अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट सोही वडाको चित्रेसम्म १८ किमी ५ सय मिटर कच्ची सडकमा सव वेस/वेस र कालोपत्रे सडक निर्माण गर्ने सडक स्तर उन्नत गर्ने भने पनि ठेकेदार काठमाण्डौको मोतिदान/जयमाता जेभीले सडक निर्माण ठेक्का लिएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
