- Loading...
म्याग्दीमा पनि अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू
- पुनहिल डट कम
- २ महिना अघि
- ८४ पटक पढिएको

‘हामी सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि म्याग्दीमा पनि सुरु भएको छ ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।
म्याग्दीमा पनि बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियान सुरूको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लैङ्गिक हिंसा विरुद्धको अभियानको राष्ट्रिय नारा तय गरेको छ ।
यस्तै, अन्तर्राष्ट्रिय नारा भने बेइजिङ घोषणापत्र र कार्यान्वयनको ३० वर्ष: महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ भन्ने रहेको छ ।
यो १६ दिनको अवधिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस पनि पर्ने भएकोले नेपालमा सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रमहरू गरी मनाउने गरेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
