- Loading...
महिला भलिवल खेलाडीहरू पञ्चकुण्ड हिमताल पदयात्रामा
- घनश्याम खड्का/निमजिन
- २ महिना अघि
- १७० पटक पढिएको
![466601024_8672420362850957_3251828047694363951_n महिला भलिवल खेलाडीहरू पञ्चकुण्ड हिमताल पदयात्रामा](https://www.punhill.com/wp-content/uploads/2024/11/466601024_8672420362850957_3251828047694363951_n.jpg)
महिला भलिवलकी राष्ट्रिय कप्तान अरुणा शाहीले शरदयामको यस सिजनमा अन्नपूर्ण प्रथम (८०९१ मी.) हिमाल आरोहण मार्गहुँदै अन्नपूर्ण नर्थ वेसक्याम्प पदयात्रा गरिन । हिमालको उत्तरी वेस क्याम्प, त्यहाँ रहेको पञ्चकुण्डताल र फुतफुते झरनामा शाही समेत गण्डकी प्रदेश र म्याग्दीका महिला भलिवल खेलाडीहरु सृजना पाइजा, कविता राेकासमेतले पनि पदयात्रा गरे ।
शरदयाम सुरु भएयता आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाईला परेको अन्नपूर्ण प्रथम हिमाल आरोहण पदमार्गमा महिला भलिवल खेलाडीहरु मात्र होईन आन्तरिक युवा पर्यटक घुईचो लागेको छ । यो पदमार्ग आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाईला परेको अन्नपूर्ण प्रथम आरोहण गर्न प्रयोग गरिने एकमात्र पदमार्ग हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसवुक पेजमा ‘कागभुसुण्डी ऋषीले तपस्या गरेको थलो’ भन्दै अन्नपूर्ण प्रथम हिमालको नर्थवेस क्याम्प स्थित हिमताल र हिमझनाको फोटो र भिडियो पोष्ट गरेपछि यस पदमार्गमा आउने नेपाली पर्यटकको घाईचो बढेको हो ।
‘अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्ग रहेको नर्थ वेस क्याम्पको सौन्दर्य तस्विरमा देखेपछि मन थेग्न सकिन । दशैं–तिहारमा घर आएको वेला घरको धान काट्ने काम सकेपछिको फुर्सद निकालेर अन्नपूर्ण प्रथम नर्थ वेस क्याम्प पुगेर आएँ । साहृै सहज, आनन्द र सौन्दर्यपूर्ण रहेछ’ महिला भलिवलकी राष्ट्रिय कप्तान अरुणा शाहीले भनिन, ‘अन्नपूर्ण प्रथम हिमाल पदयात्रा गर्न सहज र संभावनायुक्त रहेछ । एडभेन्चर ट्रेकिङकालागी एकदमै उपयुक्त छ । झरनाहरु र हिमताल यहाँका नयाँ विशेषता हुन ।’
यस पदमार्गमा आउने बाहृय तथा आन्तरिक पर्यटकहरुको अभिलेख गर्ने स्थानीय तहमा कुनै निकाय छैन । तर अन्नपूर्ण प्रथम हिमाल आरोहण पदमार्गमा ब्यवसाय संञ्चालन गर्दै आएका ब्यवसायीका अनुसार शरदयाम सुरु भएपछि दैनिक ३०–५० जना नेपाली युवायुवतिहरु अन्नपूर्ण प्रथम हिमालको नर्थ वेस क्याम्प तथा आरोहण मार्गमा आउने गरेका छन ।
आन्तरिक पर्यटक अन्नपूर्ण प्रथम हिमालको नर्थ वेस क्याम्प, त्यहाँ स्थित पञ्चकुण्डहिमताल र पदमार्गमा पर्ने फुतफुते झरना यस पदमार्गका मुख्य आर्कषण हुन । आरोहण मार्गको हुमखोलामा पर्यटन सुविधाकालागी एक मात्र टि हाउस संञ्चालनमा छ । एक रात तथा अर्को विहान भने वेस क्याम्पमा आफै खाना पकाउनु पर्ने हुन्छ ।
‘अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्ग र नर्थवेस क्याम्पमा आन्तरिक पर्यटकको धेरै नै आए । आन्तरिक पर्यटकको वृद्धी भएसँगै वेसक्याम्प क्षेत्र अति प्रदुषित बनेको छ । चाउचाउ, विस्कुट, मिठाई समेतका खानेकुराहरु र विभिन्न पेय पदार्थका क्यान बोटलले वेसक्याम्प फोहोर बनेको छ’ अन्नपूर्ण प्रथम आरोहण मार्गका पर्वद्धक तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्नपूर्ण मुल इकाइका सदस्य तेज गुरुङले भने, ‘हामी नेपालीमा घुमघाम संकृति त विकास भैरहेको छ तर यात्रा संस्कार र पर्यावरण संस्कृति सिक्न अझै धेरै बाँकी छ, सुधार गर्नु पर्छ । आफ्नो फोहोर आफै ब्यवस्थापन गर्ने आधारभुत ज्ञान हो ।’
सवै भन्दा जनिकको वस्ती अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङबाट ४० किलोमिटर लामो पदमार्गलाई जलविधुत आयोजनाले बनाएको सडकले २२ किमी छोट्याएपछि अन्नपूर्ण नर्थ वेसक्याम्प सहज बनेको हो ।
अन्नपूर्ण, वराहशिखर, तिलिचो पीक र निलगिरी साउथ हिमालबाट मिस्त्रीखोला बग्दै आएको छ । यहीखोलाको किनारा पछ्याउँदै पुस्तौं पुस्ता नारच्याङवासीले भेडागोठ हिमालमुनीसम्म गोठ पुर्याए/फर्के । उनीहरुले कहिल्यै भेडा धपाउँदै उभौली–उँधौली गरेको गोठालो मार्गबाट मौरिस हर्जोगको नेतृत्वमा सन १९५० जुन ३ तारेखका दिन अर्का पर्वतारोही लुईस लचेनलसमेत दुई जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए ।
अन्नपूर्ण प्रथम हिमाल पुग्ने यो गोठालो बाटो ब्यवस्थित बनाईएपछि आन्तरिक पर्यटकको संख्या बढेको हो । स्थानीयले नारच्याङदेखी अन्नपूर्ण नर्थ वेसक्याम्पसम्मको पदमार्ग सुधार गरेपछि मात्र नेपाली पदयात्राकालागी यहाँ पुग्न थालेका हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने लुकेको यस पदमार्गलाई अन्नपूर्ण हिमालको पहिलो आरोही फान्सेली नागरिक मौरिस हर्जोगको नाममा नामाकरण गरिएको छ ।
उनै पर्वतारोही मौरिसले हिंडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धनगरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ, तिलिचो पीक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन ।
बेनी–जोमसोम सडकको तातोपानीबाट दाहिने लागेपछि नारच्याङ वेंशी (१३३० मी) पुगिन्छ । नारच्याङबाट हुमखोला दोभान (२८८३ मी) सम्म दुई घन्टामा गाडीमा जान सकिन्छ । हुमखोलासम्म त्यहाँ निर्माणाधिन निलगिरी पहिलो र दोस्रो जलविधुत आयोजनाले कच्ची ट्रयाक खोलेका हुन । हाईडोले पदमार्गमा ट्रयाक खोलेको कारण नारच्याङ–हुमखोला २२ किमीमा पदमार्ग नासिएको छ । छोटेपा भन्ने स्थानमा सानो टि हाउस छ । यहीं खाना खाई गाडीमा १५ मिनेट माथी हुमखोलासम्म पुग्न सकिन्छ ।
हुमखोलाबाट अहिलेको पदयात्रा सुरु हुन्छ । ४ घन्टा हिंडेपछि भुस्केटमेला (३६५९मी) पुग्न सकिन्छ । भुस्केटमेला पुग्न नसक्ने यात्रुले विच–विचमा बनेका आश्रय घरमा पनि वास बस्न सक्छन । पदमार्ग हराउने र असजिलो छैन । तर केही स्थानमा झोलुङ्गे जीर्ण छन, बाढीले पदमार्ग विगारेको छ । हरेक एक घन्टाको विचमा आश्रय घर थप्नु पर्ने देखिन्छ । भुस्केटमेलाबाट अर्को दिन ४–५ घन्टामा वेस क्याम्प सजिलै पुग्न सकिन्छ ।
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)