- Loading...
मुस्ताङमा लेक लागेर तीन महिनामा ५ जनाको मृत्यु, १३ जना विरामीको उद्धार
- पुनहिल डट कम
- ३ महिना अघि
- १६१ पटक पढिएको

काेरला नाका जान हिंडेकी पाल्पाकी एक १७ वर्षिया युवतीलाइ लेक लागेर वेहाेस भै विरामी परेपछि लाेमन्थाङ स्थति स्वास्थ्यचाैकीमा उपचार गरिँदै ।
तस्वीर साैजन्य – टसीनर्वु गुरूङ
हिमालपारीकिो मुक्तिनाथ, कोरला नाका, थोरङ्लापास तथा तिलिचो ताल उक्लन आउने तीर्थयात्रु तथा पर्यटकको संख्या हृवात्तै बढेसँगै लेक लागेर (हाइअल्टिच्युट सिक्नेस) ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।
जिल्ला प्रशासनय कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिना १५ दिनमा मात्र मुस्ताङ घुम्न आएका ५ जनाले लेक लागेर ज्यान गुमाएका छन । मृत्यु हुनेमा ३ जना भारतीय समेत बाहृय पर्यटक र २ जना नेपाली रहेका छन ।
त्यसैगरी सोही समयमा १३ जना स्वदेशी एवं विदेशी तीर्थयात्री/पर्यटकको घाईते अवस्थामा उद्धार गरिएको छ । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनर्वु गुरुङका अनुसार हिजो शनिवार मात्र पाल्पाबाट कोरला घुम्न गएकी एक १७ बर्षिया युवती लोमन्थाङमा अक्सिजन नपुगेर वेहोस भै ढलेकी उनलाई तत्काल लोमन्थाङ श्वास्थ्यचौकीमा समयमै पुर्याउन सकिएकोले ज्यान बचाउन सकिएको थियो ।
मुस्ताङ आउने पर्यटकको लेक लागेर मृत्यु र विरामी हुने संख्या बढेपछि ‘लेक लागेकै कारण मृत्यु हुने र विरामी पर्ने’ को संख्या शुन्यमा झार्ने भन्दै मुस्ताङमा अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा लेक लाग्दा हुने लक्षणहरु र लेक लाग्दा अपनाउनु पर्ने विधी उल्लेख गरेका होर्डिङ वोर्ड राख्ने, पर्यटकको हातहातमा पुग्ने गरी नेपाली/अंग्रेजी पर्चा बाँड्ने अभियान थालिएको हो ।
‘तल्लो क्षेत्रबाट गाडीमा यात्रु सोझै मुस्ताङको पनि उपल्लो हावापानी भएको उचाईमा पुग्छन । जसकोकारण यात्रु श्वास्थ्य समस्या आउने र मृत्यु समेत हुने गरेको छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘खुसी लिन मुस्ताङ आएका पर्यटक दुखी बनेर फर्कन नपरोस भनी हाईअल्टिच्युटसावधानी अभियान सुरु गरेका हौं ।’
प्रजिअ भुषालले थपे, ‘हाम्रो ट्रेकिङ शैली नै उल्टो रहेछ, तलबाट विस्तौ माथी उक्लिनु पर्नेमा पहिला हतारमा माथिल्लो क्षेत्रमा पुग्ने अनि विस्तारै घुम्दै, रम्दै तल झर्ने । यात्रुले पनि यस्ता कुरामा हेक्का राख्नु पर्छ ।’
जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेख अनुसार गत आवमा ३ जना स्वदेशी समेत १४ जनाको मुस्ताङमा लेक लागेर मृत्यु भएको थियो । आव ०७९/०८० मा मुस्ताङ घुम्न आएका विभिन्न देशकागरी १२ तीर्थयात्रु/पर्यटकको लेक लागेर मृत्यु भएको थियो । त्यस्तै, आव ०७८/०७९ मा लेक लागेर ज्यान गुमाउनेको संख्या ६ जना थियो ।
जिल्ला अस्पताल मुस्ताङका अनुसार तल्लो क्षेत्रबाट गाडीमा एक्कासी ३ हजार मिटरभन्दाबढी उचाईमा पुग्दा श्वासप्रश्वास र स्वास्थ्यमा समस्या हुने र मृत्यु हेने गरेको छ । मुत्युहुने अधिकाँसको मृत्यु मुक्तिनाथको रानीपौवादेखी मुक्तिनाथ मन्दीरसम्मका करिव एक किलोमिटर दुरीको क्षेत्रमा क्षेत्रमा हुने गरेको छ ।
मुस्ताङ घुम्न वा तीर्थाटनमा आएका पर्यटकले जोमसोम वा कागवेनीमा एक रात बसेर मौषमसँग घुलमिल भएर माक्र अर्को दिन मुत्तिनाथ, कोरला, थोरङ्ला वा तिलिचो ताल जस्ता उपल्लो क्षेत्रमा उक्लिनु उपयुक्त हुन्छ ।
त्यसैविच हिमालपारीको मुस्ताङमा सवारी दुर्घटना पनि बढेका छन । चालु आवको असोज र कात्तिक २४ गतेसम्ममा १५ वटा सवारी दुर्घटनाबाट ३ जनाले ज्यान गुमाएका छन । ११ जना घाईते/अङ्गभङ्ग भएका छन । तल्लो तराई वा सहरी क्षेत्रका सडकमा सवारी गुडाउने शैलीमा हिमाली सडकमा सवारी चलाउँन खोज्दा बढी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
‘प्रायः सवारी चालकहरुले हिमाली मैत्री ड्राईभिङ नै गर्दैनन । सवारी साधनलाई पनि लेक लाग्छ भन्ने हेक्का नै छैन, भोगोलको जानकारी नराखी तिव्र गतिमा सवारी चलाउने गर्दा धेरै दुर्घटना हुने गरेका छन’ लोमन्थाङ गाउाँपालिका, १ छोसेर स्थित शसस्त्र प्रहरी बलको विओपी प्रमुख शसस्त्र प्रहरी निरिक्षक नारायण अधिकारीले सुनाए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
