FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकमा यातायात खुल्यो

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १३५ पटक पढिएको
बेनी–जोमसोम सडकमा यातायात खुल्यो

सोमबार साँझ ६ बजेदेखी बेनी–जोमसोम सडकमा अवरुद्ध यातायात १८ घन्टापछि खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रघुगंगा गाउँपालिका, २ बैसरी छेउ सिरुवारी पहिरोमा एकतर्फी र अन्नपूर्ण गाउँपालिका, ६ घारको महभीरमा दोहोरो याताताय संञ्चालनमा आएको हो ।
भारी वर्षापछि आएको पहिरो पहिरो सोमबार रात परेको र पहिरोमा ढुङ्गा झर्न नरोकिएपछि पहिरो पन्छ्याउने काम मंगलवार विहानदेखी मात्र सुरु भएको थियो ।
कात्तिक तेस्रो साता वेमौषमी भारी बर्षापछि पहिरो झर्दा सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका हजारौं यात्रु विच बाटोमा अलपत्र परेका थिए ।
‘सोमबार बेनी–जोमसोम सडकको वैसरी र महभीर दुई स्थानमा पहिरो झरेकोले साँझ ६.१५ बजेदेखी अवरुद्ध सोझो यातायात अहिले खुलेको छ’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायवउपरिक्षक भरत श्रेष्ठले भने, ‘हिजो राती भएकोले खुलाउन सकिएन, आज देखी वैंसरीमा एकतर्फी र महभीरमा दोहोरो यातायात खुलेको छ । बैसरीमा पनि साँझसम्म दोहोरो यातायात संञ्चालन हुने छ ।’