- Loading...
मानव तस्करीको आरोप लागेका कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
- पुनहिल डट कम
- २ दिन अघि
- १० पटक पढिएको
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन्। विराटनगरमा पक्राउ परेका अधिकारीलाई काठमाडौं पठाइएको छ ।
अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो। उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो।
अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किनेक्रममा विमानस्थलबाट पक्राउ गरको थियो उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ।
मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।
अधिकारी स्वयंले ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसकेका छन् । जापानको अध्यागमनले प्रवेश नदिएपछि मात्रै मानव तस्करी भएको थाहा पाएपछि जापानबाटै फर्किएको उनको दाबी छ ।
यस अघि अधिकारी अावद्ध दल एमालेले उनलाइ साधारणा सदस्य समेत नरहनेगरी कार्वाही गरेकाे िथयाे ।