- Loading...
कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन
- घनश्याम खड्का
- ३ महिना अघि
- १०५ पटक पढिएको

लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने कोरला नाकामा वुधवार गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय उद्घाटन गरेका छन ।
हेलिकोप्टरबाट वुधवार विहान १० बजे छोसेर स्थित शसस्त्र प्रहरी वल नेपालको विओपी ओर्लेर गृहमन्त्री लेखक गाडीमा २१ किमी माथी कोरला नाका पुगेर अध्यागमन कार्यालय उद्घाटन गरेका थिए ।
कोरोला नाकामा अहिले स्न १९८१ को नेपाल–चीनबीचको ब्यापार सम्झौता अनुसार सीमाबाट मुस्ताङका लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकावासीले सीमा वारपार गरी सामान किनवेच गर्दै आएका छन । नेपाली अध्यागमन स्थापना भएपछि सवै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउने छन ।
मुस्ताङको चीनको स्वसाशित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्र्तरष्ट्रिय सीमा जोडिएको छ । त्यही विचको २४ नम्बर सीमा स्तम्भ रहेको फराकिलो पठार हो, नेचुङ–लेक्जे कोरोला नाका । कोरोला नाकादेखी २० किमी भित्र तिब्बतको ढोङ्वासेनहुँदै सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिएको छ ।
नेपाल–चीन विच ०७५ सालमा हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको कोरला नाकामा पनि एक हो ।
चिनियाँ अध्यागमन कार्यालयको आमने–सामने निर्मित प्रिफ्याव प्रविधीको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भएको हो । सीमापार चीनले भने सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, आवस, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा पूर्वाधार खडा गरि सकेको छ ।
गण्डकी प्रदेशको लाइफलाईन मानिएका कोरला नाकामा बन्ने सुख्खा बन्दरगाहबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणमा ढिलाई भैरहेको छ । अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण भैरहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
