- Loading...
मुक्तिनाथ तिर्थ गर्न ‘अश्व’ यात्रा
- घनश्याम खड्का
- ३ महिना अघि
- १८२ पटक पढिएको

हिमालपारीको तीर्थस्थल मुक्तिनाथ मन्दीर पुग्ने दर्शनार्थी ओसार्न अश्व यात्रा (पोनी ट्रेक) आर्कषण फस्टाएको छ । ज्ञातकालदेखी मानिसको सेवा गर्दै आएको परम्परागत घोडचढीले हिजोआज ब्यवसायको रुप लिएको हो ।
समुद्र सतहदेखी तीन हजार ८ सय मिटर उचाईमा अवस्थित मुक्तिनाथ दर्शन र भ्रमण गर्न आएका यात्री र पर्यटकलाई उच्चस्थानमा हिँड्दा लेक लाग्ने, हिंड्न नसक्ने तीर्थयात्री र पर्यटकको सुविधाकालागी स्थानीयले रानीपौवादेखी मुक्तिनाथ प्रवेशद्धारसम्म अश्व यात्रा (घोडचढी) गराउने गरिएको छ ।
अश्व यात्राले घोडाको संरक्षण, पाहुनालाई सुविधा र स्थानीयको गज्जवको आयआर्जनको माध्यम बन्न थालेका छन । घोडा यात्राका मुख्य सेवाग्राही वृद्धबृद्धा र थोरै शहरिया तन्नेरी पुस्ता सोखले घोडामा यात्रा गर्छन ।
‘मोटरवाटोले घोडा विस्थापित हुन थालेपछि मुक्तिनाथ आउने पर्यटकलाई पोनी ट्रेक रोजीरोटीको अवसर जुटेको छ, घोडा पाल्ने पुख्यौली संस्कृति पनि जोगिएको छ’ बाहृगाउँ मुक्तिक्षेत्र गाउँपालिका, ५ खिङ्गाका ब्यवसायी लोप्टे ठकुरीले भने, ‘सवै सिजन चल्दैन, सिजनेवल ब्यवसाय हो, घोडचढी ।’
मोटर मुक्तिनाथको गेटसम्म पुग्दा मुक्तिनाथ र रानीपौवा वजारको ब्यापार घटेपछि स्थानीयले रानीपौवाको पुछारमा वसपार्क वनाए । सवारी साधानबाट ओर्लेपछि याक्रुले कम्तीमा ४५ मिनेट हिँडेर मुत्तिनाथ मन्दीर पुग्नु पर्छ । सवै यात्रु सहज हिँड्न सक्दैनन त्यसैले घोडावाट यात्रु बोक्न थालिएको हो । सुरुमा मोटरसाईकलमा यात्रु ओसार्ने गरिन्थ्यो । मोटरसाईकलले धुलो उडाउने भएकोले पैदल यात्रुलाई सास्ती भएको र बजारको सौन्दर्य घटेपछि मोटरसाईकलको विकल्प घोडा आएका हुन ।
रानीपौवा–मुक्तिनाथ रुटमा अहिले एक सयको हाराहारीमा घोडाले यात्रु बोक्छन । रानीपौवा–मुक्तिनाथ करिव २ किमी दुरीमा घोडा यात्रा गराएको एक तर्फी तीन सय भाडा तोकिएको छ । पीक सिजनमा एउटा घोडाले दैनिक ८–१० हजारसम्म कमाई हुन्छ ।
‘रानीपौवादेखी मुक्तिनाथ मन्दीर परिसरको मुख्यद्वारमुनीसम्म १५ मिनेट घोडामा पुर्याएको ४ सय रुपैयाँ भाडा तोकिएको छ । दशैं–तिहारसम्मको सिजनमा दिनमै १० हजारबढी कमाई हुन्छ । केही नहुँदा पनि ४–५ हजार त हुन्छ हुन्छ’ १२ बर्षदेखी मुक्तिनाथमा घोडा सवार ब्यवसाय गर्दै आएका बाग्लुङ अधिकारीचौरका प्रकाश घर्तीले भने, ‘साहुको घोडा लिएर चलाएको हुँ, आम्दानी आधा मलाई आधा साहुलाई जान्छ ।’
घोडा याक्रालाई ब्यवस्थित गर्न मुत्तिनाथ घोडा ब्यवसायी समिति गठन भएको छ । समितिले नै क्यूमा घोडालाई यात्रु वोकाउने ब्यवस्था मिलाउँछ । दशैं, चैते दशैं, मातातिर्थ औसी जस्ता पर्वमा धार्मिक पर्यटकको अधिक ओईरो लाग्छ । मोटरबाटोको सहजताले सवै सिजन तीर्थयात्रीको भिड बढ्दो छ ।
घोडामा यात्रु डुलाएर मनग्य पैसा कमाई भएपनि पाल्न भने उत्तिकै महंगो छ । गाडी नचलाए इन्धन वच्छ तर घोडा जीव हो, खुवाउनु पर्छ । घोडाको दाना र घाँसमा मात्र दैनिक ५ सय खर्च लाग्छ । घोडा सुसारेको ज्याला र खाना खर्च छुट्टै छ ।
दैलोमै मोटर पुगेपछि मुस्ताङ्गका तवेलाबाट घोडा हराउँदै गएका छन । मोटर पुग्नु अघिसम्म मुस्ताङ्गीकालागी घोडा यातायातका प्रमुख साधन थिए । भौगोलिक द्र्गुमताले घोडासँग मुस्ताङ्गीको दैनिकी, संस्कृति र बाध्यता दुवै जोडिएको थियो । मोटरको पहुँच नपुगेका वस्ती र क्षेत्रमा अहिले पनि मुस्ताङ्गीका घोडा निर्विकल्प यातायातका प्रमुख साधन हुन ।
‘मुस्ताङ्गीको जीवन तथा संस्कृति बोकेका घोडा पछिल्ला केही वर्षदेखी पर्यटनसँग जोडिन पुगेका छन’ ब्यवसायी लोप्टे ठकुरीले भने, ‘घोडाले यात्रुलाई पवित्र मन्दीरसम्म बोकेको छैन, यात्रु/पर्यटकलाई धार्मिक पुण्यसहित रोमान्चक सम्झना पनि थपेका छन ।’
घोडा (अश्व) मानिसको नजीक भएको संसारको सवैभन्दा प्राचिन स्तनधारी घरपालुवा जनावर मानिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
