- Loading...
रुप्सेको रुपमा पर्यटक मुग्ध
- घनश्याम खड्का
- ३ महिना अघि
- १४८ पटक पढिएको

साँच्चै स्वर्ग आ’थ्यो रुप्से छहरामा…., आँखै चीत खा’थ्यो रुप्से छहरामा………..।
रुप्सेको रूपमा मुग्ध पोष्टराज चापागाईले मत्तकासिनी छन्दमा बखान गरेका छन ।
सडकमा दिनभर यात्रा गर्दा शरिर सिथिल बन्छ । अझ सडक किनाराको दृष्य उजाड भयो भने झन मन पनि विरक्त वन्छ । जथाभावी भौँतारिदा आनन्द हुँदैन । मनलाई नयाँपन, अनुभव चाहिन्छ । आँखाले देखेको दृष्य र मनले गरेको अनुभवले मनमा आनन्द मिल्छ । यात्रा रोमान्चक वन्छ ।
हिमालपारीको मुस्ताङ पुगेपछि तपाईको दृश्यमा सवै नयाँपन हुन्छ । तर कालीगण्डकी नदीसङ्गै लुकामारी गर्दै मुस्ताङ्ग तर्फ उक्लेको बेनी–जोमसोम सडक वारीपारीका झरनाले अप्ठ्यारो सडकमा यात्रालाई विर्साई दिन्छन । मनलाई आनन्द दिन्छन । बाहृै महिना झर्ने यी झरनाहरु बेनी–जोमसोम सडकका गहना हुन । बेनी–जोमसोम सडकमा सवैभन्दा आकर्षक झरना हो, रुप्से झरना ।
कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विचको ६ हजार ९ सय ६७ मीटर गहिरो खोंच जस्लाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । त्यही अन्धगल्छीमा अवस्थित रुप्से झरनामा मोहित बन्ने कवि/कलाकारहरुले सयौं कविता र चित्र कोरेका छन ।
रुप्से छहरा नेपालको सुन्दर र मनमोहक झरना हो । २०३० सालमा नेपाल हुलाक टिकटमा प्रकाशित प्रशिद्ध रुप्से छहरा म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानामा पर्छ । कुनै षोडसी युवतीले ओढेको च्यादर हावाले फर्र फर्र उडाउन खोजेेेेेे जस्तै उड्न खोजेको छ, रुप्से छहरा ।
कालीगण्डकी करिडोरमा अवस्थित अर्को सुन्दर झरना हो, अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ छहरा । नारच्याङ छहरामा साहसिक जलखेल क्यानुईङ्ग गर्न सकिन्छ । बाहृै महिना उत्रै र उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्यको अस्ताउँदो प्रकाश पर्दा सप्तरङ्गी इन्द्रेणी पर्दा अझ मनमोहक देखिन्छ ।
अन्नपूर्ण गापा, ७ महभीरमा पर्ने बेनी–जोमसोम सडकको तिप्ल्याङ्ग–भीरकाटे खण्डमा पर्ने महभीर झरना अर्को सुन्दर झरना हो । झरनालाई बेनी–जोमसोम चल्ने सवारी साधानबाट समेत सजिलै दृष्यावलोकन गर्न सकिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
