- Loading...
दशैं-तिहार विदा सदुपयोग : रघुगंगामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- पुनहिल डट कम
- ४ महिना अघि
- १५८ पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता रहेको प्रतियोगिता प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले एक समारेह विच उद्घाटन गरे ।
भलिबल, एथलेटिक्स र कबड्डी विद्यातर्फ छात्र र छात्राहरुको १५/१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ ।
प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५५ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन । भने दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश नगद रु ३५ हजार र २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
विद्यार्थीहरुको नियमित पठनपाठनमा प्रभावित पार्ने भएकाले दसैँ र तिहारको विदाको समयलाई उपयोग गरि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार रघुगंगामा ३६ वटा खेलमैदान निर्माण र ११ वटा खेलमैदान ढलान भएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
