- Loading...
मुस्ताङ्गमा पर्वतीय चित्रकला महोत्सव
- पुनहिल डट कम
- २ महिना अघि
- १५५ पटक पढिएको
हिमालपारीमो जिल्ला मुस्ताङ्गको ठिनीमा प्रकृति, संस्कृति र सिर्जनशीलताको अर्न्तराष्ट्रिय चित्रकला महोत्वस सुरु भएको छ ।
मुस्ताङको धार्मिक, संस्कृतिक तथा हिमाली क्षेत्रको जैविक विविधता र मौलिकताको चित्रमार्फत विश्व समुदायमा पुर्याउने उद्देश्यले पर्वचिय चीत्रकला महोत्सव आयोजना गरिएको महोत्सव संयोजक महेन्द्र थुरुङले बताए ।
अक्टुवर १८ गतेदेखी थकालीजातीको आदीवस्ती ठिनीमा सुरु भएको प्रथम अर्न्तराष्ट्रिय पर्वतीय चित्रकला महोत्सवमा देशभरका ९ जना चित्रकार तथा भुटान, थाईल्याण्ड, पोल्याण्ड, रोमानिया, ताइवान, इन्डोनोसिया समेत विभिन्न मुलुकका ७ जना समेत १६ जना चित्रकारले ठिनीवस्ती समेत मुस्ताङ्गका विभिन्न वस्तीका चोकगल्लीमा बसेर चित्र कोरिरहेका छन ।
नेपाल पर्यटन वोर्डको साझेदारीमा युरोपेली युनियन, स्वीर विकास सहयोग समेत विभिन्न सहयोगीहरुको प्रायोजनमा आयोजित महोत्सवमा सहमागी चित्रकारहरुले ठिनी, कागवेनी, मार्फा र मुक्तिनाथका विभिन्न वस्तीमा रहेर प्रकृति हेर्दै चित्र कोरिरहेका छन ।