- Loading...
म्याग्दीका ऐतिहाँसिक तथा पुरातात्विक भगवती मन्दीरहरु
- घनश्याम खड्का
- ४ महिना अघि
- २११ पटक पढिएको

म्याग्दीमा विभिन्न स्थान (भेग)मा ऐतिहाँसिक र पुरातात्विक महत्वका भगवतीकोट मन्दीर रहेका छन । तर स्थापत्यकालको दृष्टिकोणले महत्व राख्ने सय बर्ष नाघेका नेपाली प्रविधीबाट निर्मित मठमन्दीर, पाटीपौवा, पुराना घर तथा मौलिक प्रविधी हराउँदै जान थालेका छन ।
प्राचिन स्मारक संरक्षण ऐन २०१३ (संशोधनसहित)को परिभाषा अनुसार स्थापत्यकालको दृष्टिकोणले सय बर्ष नाघेका मन्दिर, घर, देवालय, शिवालय आदी तथा सो ठाउँमा रहेका स्मारकहरुको भग्नावशेषलाई ‘प्राचिन स्मारक’ र सो कालमा मानिसले निर्माण गरी उपभोग गरेका वस्तु तथा इतिहास बोध गराउने अभिलेखहरु, मुद्रा वा एतिहासिक विशिष्ट ब्यक्ति बसेको घर र घरायसी सामाग्री, मुर्ति, देवी देवताको मन्दीर, चैत्य, शालिक आदीलाई ‘पुरातात्विक बस्तु’ भन्ने गरिएको छ ।
मठमन्दिरहरु समाजका पवित्र स्थल मात्र होईन जनमानसको आस्था, विश्वास र साँस्कृतिक धरोहर पनि हुन । म्याग्दीका ऐतिहाँसिक र पुरातात्विक महत्वको भगवतीकोट मन्दीर मध्यको एक हो, बेनी नगरपालिका, २ ज्यामरुककोट स्थित खड्गभवानी भगवतीकोट । तत्कालिन पर्वत राज्यको शक्तिशाली थुम (कमाई खानु भनी विर्ता दिएको राज्य) अर्न्तगत भर्तिवम मल्लले बनाएका हुन ।
ताकमकोट मन्दीर ः
धौलागिरी गाउँपालिका, ७ ताकमस्थित काकमकोट मन्दीर कम्तीमा ५ सय बर्ष पुराना एतिहाँसिक एवं प्राचिन सम्पदा रहेको ताकमकोट मन्दीर ताकम राज्यमा विस १२४६–१५४५ कालमा ताकमकोट मन्दीर निर्माण भएको किम्बदन्ती छ ।
घतानकोट मन्दीर ः
तत्कालिन पर्वत राज्यका संस्थापक तथा शक्तिशाली राजा डिम्ब मल्लको गाजनेस्थित दरवारमा विसं १५७०–८० तिर आगोलागी भएपछि ढोलठानामा दरवार सारेका थिए । सोही समयमा मल्लले ढोलठानामा दुर्गभगवतीकोट मन्दीर स्थापना गरेका थिए । सोही मन्दीरलाई हाल घतानकोट मन्दीर भन्ने गरिएको छ । मन्दीरको पुरानो स्वरुप हाल परिवर्तन भएको छ, पुराना इट्टाका अवशेष भने अझै कतै देख्न पाईन्छ ।
बेनीकोटमन्दीर ः
काली गण्डकी र म्याग्दी नदीको संगमस्थल बेनीमा तत्कालिन पर्वतका राजा मलवमले १७५४ बेनीकोट मन्दीर बनाएका थिए । बेनी कोटमन्दीर मल्ल राजको हिउँदे राजधानी बेनीको टक्सार पनि हो । इट्टाले बनेको पाञ्चायन शैलीमा निर्मित उक्त ऐतिहाँसिक मन्दीरको स्वरुप फेरिएको छ ।
राखुभगवतीकोट मन्दीर ः
रघुगंगा गाउँपालिका, २ स्थित भर्लाको डाँडामा अवस्थित राखु भगवतीकोट मन्दीर आज भन्दा कम्त्मीा ७ सय बर्ष अघि निर्माण भएको मानिन्छ । तत्कालिन भुरे राजाले भर्लाको डाँडामा (मैदान नजिकै) स्थापना गरेको यस कोटमन्दीर रघुगंगा गाउँपालिका अर्न्तगतका (साविकका चिमखोला, दर्मिजा, दग्नाम, मौवाफाँट, पिप्ले, भगवती, वेग गाविस) साझा मन्दीरको रुपमा रहेको छ ।
राखु भगवतीकोट ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च (बजेट) आउने जिल्लाको एक मात्र मन्दीर हो । राष्ट्रिय गुठी संस्थानले जिल्ला मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।
तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ जाँदा/फर्कदा यही राखुमा बास बसेको र गोर्खा फर्केपछि राखु भगवती कोटमन्दीरमा पनि पुजा संञ्चालनार्थ धजाअक्षेता खर्च निरन्तर आईरहेको छ ।
घारभगवतीकोट मन्दीर
अन्नपूर्ण गाउँपालिका, ६ घारमा अवस्थित घार कोटमन्दीर स्थापना मिती खुलेको छैन । श्रुति परम्परा अनुसार विसं १६००–१७०० सालतिर घार उपत्यकामा मगर राजा ‘दुर्गे’ले घारकोट भगवती कोट मन्दीर बनेको विश्वास गरिन्छ । कोटपाखाबाट कहिले माथी गाउँको विचमा स्थानन्त्रण गरिएको हो भन्ने पनि कतै तिथीमिती खुलेको छैन । स्थापनाकालमा घारभगवती कोट हाल घारगाउँको पुछारमा पश्चिम फर्केको सानो थुम्कोमाथी (कोटपाखा)मा थियो । उक्त खरको छानो भएको मन्दीर जलेपछि भगवतीमन्दीर गाउँको विचमा ल्याई स्थापना गरिएको हो । भगवती कोट मन्दीर स्थानन्त्रण गरिएको भएपनि उक्त स्थानलाई अझै कोटपाखा भन्ने गरिन्छ ।
नवदुर्गा भगवती मन्दीर शक्तिपीठमा पशु वली दिने हिन्दु धार्मिक परम्परा छ । परम्परा अनुसार भगवती कोट मन्दीरमा वली चढाईने चलन छ । हाल जिल्लाका प्रायः सवै वस्तीका पाएक पर्नेगरी दुर्गाभगवतीका मन्दीरहरु निर्माण भएको छ । तत्कालिन पर्वत राज्य कला, बास्तुकलाको हिसावले विशिष्ठ स्वरुप नभएपपनि यी एतिहाँसिक सम्पदा हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
