- Loading...
बेनीकाे कालिपुलमा पहिलो विधुतिय चार्जिङ स्टेसन संञ्चालन
- पुनहिल डट कम
- ४ महिना अघि
- २०५ पटक पढिएको

पछिल्लो समय देशभर विधुतीय सवारी साधन (इलेक्ट्रिक भेहीकल–इभी) प्रयोग बढेसँगै दुर्गम म्याग्दी सदरमुकाम बेनीमा पहिलो विधुतीय सवारी चार्जिङ स्टेशन संञ्चालनमा आएको छ ।
सदरमुकाम रहेको बेनी नगरपालिका, ८ कालिपुल वसपार्कमा धौलगिरी–गण्डकी यातायात प्रालिले ११ सय भोल्ट क्षमताको विधुतीय चार्जिङ स्टेसन संञ्चालनमा ल्याएको हो । विधुत खपत बढाउन र वातावरणमैत्री यातायात विस्तार गर्ने सरकारी नीति रहेको छ ।
म्याग्दी–मुस्ताङ यात्रामा आउने यात्रु र यस रुटमा नियमित चल्ने यात्रुबाहक विधुतीय सवारी साधनको सुविधाकालागी प्रालिले बेनी नगरपालिकालाई मासिक ५ हजार भाडा तिर्ने गरी कालीपुल बसपार्क स्थित पर्यटन सूचना केन्द्रसँगै विधुतीय सवारी चार्जिङ स्टेसन संचालन भएको हो ।
‘सार्वजनिक यातायात ब्यवसायीहरुले विधुतीय सवारी साधन संञ्चालनमा ल्याउन खोज्नु भएको थियो तर विधुतीय गाडी चार्जिङ स्टेसन नभएकोले नगरपालिकाले स्टेसन राख्ने स्थान ब्यवस्थापन गरेको हो’
बेनी नगरपालिका, ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले भने, ‘विधुतीय सवारी साधन चार्जिङ बेनीमै उपलब्ध हुने भएपछि राजधानी समेत सहरबाट आउने यात्रुलाई बेनी र वरपरका तातोपानी, गलेश्वर क्षेत्रसम्म ढुक्कले घुम्न सक्ने छन ।’
स्टेशन संञ्चालन गरेको धौलगिरी–गण्डकी यातायात प्रालिका बेनी प्रतिनिधी इश्वर कार्कीका अनुसार चार्जिङ स्टेसन सेटअप गर्न ७ लाखबढी खर्च भएको छ । अहिले उपलब्ध गराईएको चार्जिङ स्टेसनले एक सवारी साधन पूर्ण चार्ज गर्न न्यूनतम आधा घन्टा लगाउने छ । विधुतीय सवारी चार्ज गरेको प्रति युनिट १० रुपैयाँ शुल्क तोकिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
