- Loading...
सोहृ श्राद्धकाे अन्तिम दिन कागवेनीमा औसीश्राद्ध गर्ने र कालीगण्डकी किनारामा पनि भीड
- पुनहिल डट कम
- ४ महिना अघि
- १२२ पटक पढिएको

आस्विन कृष्णपक्ष पितृपक्ष (सोहृ श्राद्ध)को अन्तिम दिन औंसीमा हिमालपारीको जिल्ला मुस्ताङमा पर्ने कागवेनीमा पृति श्राद्ध तथा तर्पण गर्नेको भीड लाग्यो ।
मुक्तिनाथ विकास समितिको अभिलेख अनुसार बुधवार करिव ४५ हजार भक्तालुहरुले कागवनीमा आस्विन कृष्णपक्ष पितृपक्षको औंसी श्राद्ध गरी मुक्तिनाथ उक्लेर स्नान गरे ।
‘प्रहरीको रेकर्ड अनुसार सोहृ श्राद्धको अन्तिम दिन औसी श्राद्ध गर्न सानाठुलागरी ५ हजार सवारी साधन कागवेनी भित्रिए । ति सवारी साधनमा औषतमा ९ जना मान्छे रहेको अनुमान गर्दा ४५ हजारबढी भक्तजनले कागवेनीमा पितृश्राद्ध गरी मुक्तिनाथ स्नान गरे’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘यसपाला हामीले मुक्तिनाथका १ सय ८ धारा र कुण्ड स्नान गरेका सवै यात्रुकालागी तातोचिनीपानी खुवायौं ।’
प्रजिअ भुषालले थपे, ‘मुक्तिनाथ विकास समितिमा बजेट पनि रहेछ सोही बजेटबाट मुक्तिनाथको चिसो पानीमा नुहाएका यात्रुलाई चिसो र लेकलाग्ने समस्याबाट जोगाउन तातो चिनीपानी र कालो चिया खुवाउने ब्यवस्था मिलाईएको हो ।
प्राचिनकालदेखी पितृपक्ष र सोहृ श्राद्धका समयमा भगवान विष्णुको शरिरबाट बगेका पसिना (मुक्तिनाथको पानी) र दामोदरबाट बग्दै आएको कालीगण्डकीको संगमस्थल कागवेनीमा पृतिकार्य (श्राद्ध) गरेमा दिवंगत पितृहरुको मोक्ष हुने गहिरो जनविश्वास छ ।
कागवेनीमा मात्र होईन, सोहृश्राद्ध शुरु भएदेखी नै हिन्दुधर्मालम्बीहरुको पवित्र नदी कालीगण्डकी नदीको किनारामा दैनिक पितृलाई श्राद्ध गर्नेको भिड लाग्ने गरेको छ । वुधवार बेनी स्थित कालीगण्डकी किनारामा आ–आफ्ना गोत्रिय दाजुभाईहरुले पितृकार्य (श्राद्ध) दिएका थिए । घरमा भन्दा कालीगण्डकीमा सय गुणा र कागवेनीमा पुगी श्राद्धगर्दा हजार गुणाबढी पृतात्मालाई मोक्ष प्राप्ती हुने जनविश्वास रहेकोले सदियौं देखी आस्विन कृष्ण पक्षमा/पितृपक्षमा (सोहृ श्राद्धमा) गर्न कागवेनी र मुक्तिनाथमा पुगेर पितृलाई पिण्डपानी चढाउने चलन छ ।
‘पितृ पक्षको श्राद्ध घरमा भन्दा खोलामा, खोलाभन्दा नदी र नदीमा पनि कालीगण्डकी अझ कागवेनी पुगेर पितृलाई पिण्डपानी अर्पण गरे दिंवंगत पितृहरुको आत्मले मोक्ष पाउने विश्वास छ’ मुक्तिनाथ मन्दीरका पूर्व पुजारी तथा म्याग्दी क्याम्पसका पूर्व सहायक प्रध्यापक नारायण सुवेदीले भने, ‘मैले पनि पितृकार्य सँधै कालीगण्डकी तटमा पुगी गर्ने गरेको छु ।’
सडक मार्गले यातायात सहज भएपछि कागवेनीमा पितृलाई श्राद्धको तिथी मिलाएर मुस्ताङ्गको भौगोलिक वातारण हेर्न, मुक्तिनाथ मन्दीरको दर्शन गर्न र शालग्राम पहाड तथा दामोदरकुण्ड नुहाउन आउने तिर्थालु थप बढेका हुन । मुक्तिनाथ मन्दीर बौद्ध तथा हिन्दु धर्मालम्वीको साझा तिर्थस्थलको रुपमा प्रख्यात रहेको छ । यहांको मन्दीरमा हिन्दु समुदायका पुरोहित र बौद्ध समुदायका लामा तथा आनीहरुले मन्दीरमा पुजाअर्चना र रेखदेख गर्दै आएका छन् ।
पितृपक्ष सुरु भएसँगै मनसुन सुरु भएकोले कागवेनी पितृलाई पीण्डपानी गर्न हिँडेका तिर्थयात्रीलाई बेनी–जोमसोम सडकको यात्रा कष्टकर भएको छ । देशको पूर्व र पश्चिमबाट पोखराहुँदै मुस्ताङ प्रवेश गर्ने नारायणघाट–मुग्लिङ र काठमाण्डौ–मुग्लिङ सडकमा बाढीपहिरोले तहस नहस बनाएकोले टाढाबाट भने यस बर्ष कागवनीमा पितृकार्य गर्न आउनेहरु रोकिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
