FLASH NEWS
  • Loading...

विरासत विर्सेको घार भगवतीकोट

विरासत विर्सेको घार भगवतीकोट

अन्नपूर्ण गाउँपालिका, ६ घारमा अवस्थित छ, भगवतीकोट मन्दीर । प्यागोडा शैलीमा निर्मित घार कोटमन्दीर स्थापना मिती खुलेको छैन ।
श्रुति परम्परा अनुसार विसं १६००–१७०० सालतिर घार उपत्यकामा मगर राजा ‘दुर्गे’ले शासन गर्थे । उनै दुर्गेराजाको पालामा घारकोट भगवती कोट मन्दीर बनेको विश्वास गरिन्छ । कोटपाखाबाट कहिले माथी गाउँको विचमा स्थानन्त्रण गरिएको हो भन्ने पनि कतै तिथीमिती खुलेको छैन ।
स्थापनाकालमा घारभगवती कोट हाल घारगाउँको पुछारमा पश्चिम फर्केको सानो थुम्कोमाथी (कोटपाखा)मा थियो । उक्त खरको छानो भएको मन्दीर जलेपछि भगवतीमन्दीर गाउँको विचमा ल्याई स्थापना गरिएको हो । भगवती कोट मन्दीर स्थानन्त्रण गरिएको भएपनि उक्त स्थानलाई अझै कोटपाखा भन्ने गरिन्छ ।
घारकोट भगवती त्यस क्षेत्रका घार, पाउद्धार, शिख, स्वाता, घराम्दी, खिवाङ, हिस्तान क्षेत्रको साझा मौलो हो । केही वर्ष अघिसम्म घारकोट भगवती मन्दीरमा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च (बजेट) आउँथ्यो । धजाअक्षेता शिर्षकमा आउने बजेटबाट सरकारी राँगो वली दिने चलन थियो । ०४६ सालको परिवर्तनपछि उक्त धजाअक्षेता आउन रोकिएको छ ।