FLASH NEWS
  • Loading...

ल्याम्ह पुच ः म्याग्दीले दशैंमा कालरात्री जगाउने

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ६९ पटक पढिएको
ल्याम्ह पुच ः म्याग्दीले दशैंमा कालरात्री जगाउने

विजया दशमी २०८१को अस्टमी (कालरात्री)मा हुने परम्परागत मालश्री गायनदेखी लोक नाचगानलाई संरक्षण र प्रर्वद्धन गर्न नेपाल भाषा मंका ः खल ः अर्न्तगतको ल्याम्ह पुच ः (तन्नेरी समुह)ले ‘कालरात्री’ जागा राख्ने भएको छ ।
ल्याम्ह पुचःले विहिवार पत्रकार भेटघाट गरी परम्परादेखी हिन्दुहरुको महान चाड वडादशैंको अष्टमीको रात्री (कालरात्री)मा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने जनाएको हो । यसपाला दशैंको अष्टमी र नवमी तिथी एकै दिन असोज २५ गते परेकोले असोज २४ गते दिउँसो बेनी कोतमा हर्सोल्सासहित फुलपाती भित्राउने र सोही राती १२ बजेपछि कालरात्रीको वली दिने सहमति गरिएको छ ।
ल्याम पुच ः ले असोज २४ गते राती कालरात्रीको परम्परालाई जगाउन विभिन्न बाजाको धुनमा मालश्री गाउने, वडा दशैंको महिमा सहितका गित, नाटक गर्ने र विभिन्न स्थानीय लोकसंस्कृति अनुसारका गितमा नृत्य प्रर्दशन गरिने भएको हो ।
नेवार समुदायका युवा समुहले कालरात्री जगाउने कार्यक्रम गरिएको भएपनि सवै जातिसमुहबाट समेत आ–आफ्नो संस्कृति अनुसारका साँस्कृतिक कार्यक्रम गरिने छ ।
‘बेनीको कोत’मा परम्परादेखी बडा दशैंको अष्टमीको रात (कालरात्रीमा मध्य राती वली चढाउनु अघि स्थानियले विभिन्न स्थानीय संस्कृति अनुसारका गित, नृत्य र नाटकहरु समेत प्रर्दशन हुने गरेकोमो केही वर्षदेखी छुटेको छ । यस वर्षदेखी पुर्खादेखी चल्दै आएको कालरात्री जगाउने कार्यक्रमलाई पुनः निरन्तरता दिन चाहेका हौं’ ल्याम पुच ः म्याग्दीका अध्यक्ष जेनेश श्रेष्ठले भने, ‘नृत्य ब्यक्तिगत तथा समुहगत हुने छन । प्रतिस्पधात्मक नभएपनि सवै जाति समुहबाट खुल्ला गीत नृत्यकालागी संयोजन गरेका छौं । खासमा युवा पुस्तामा मनोरञ्जनसहित वडा दशैंको सास्कृतिक महत्वको संरक्षण र जगेर्ना खोजेका हौं ।’