- Loading...
मनसुनी वायु झन सक्रिय, अतिभारी वर्षाकाे संभावना, यात्रा गर्दा सतर्कता अपनाअाैं
- पुनहिल डट कम
- ५ महिना अघि
- ४१० पटक पढिएको

विहिवार दिउँसाे/रातीदेखी अाइतवारसम्म देशभरको मौसममा बदलिइ विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित भारीदेखी अतिभारी वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण बुधबारदेखि मनसुनी वायुको प्रभाव अझ बढेकाे छ । विहिवारदेखी अाइतवारसम्म नदी तटिय, वाढीपहिराे प्रभावित क्षेत्र तथा यात्रा गर्दा सतर्कता अपनाउनु उपयुक्त हुने माैषम विद्हरूले सुझाएका छन । वाहिरिनु पर्ने समयमा सकृय भएकाे मनसुनले कृषी क्षेत्रमा ब्यापक क्षति पुर्याउने जाेखिम छ ।
सबैभन्दा बढी मनसुनी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लामा पर्नेछ। महाशाखाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको ‘रेड जोन’मा परेका छन्।
रेडजाेनमा परेका अधिकांश क्षेत्रमा भारीदेखी अतिभारी (प्रतिघन्टा ४०० मिमीसम्म) वर्षाकाे संभावना देखिएकाे माैषमविद्हरूले जनाएका छन ।
यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ।
कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिममा छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
