- Loading...
निर्मल पुर्जाले सगरमाथा अधार शिवरमा भरिया घर बनाउँदै
- पुनहिल डट कम
- ५ महिना अघि
- २०१ पटक पढिएको

किर्तिमानी आरोही निर्मल पुर्जाले सगरमाथा आरोहीको भारी वोकी आधार शिविर पुग्ने भरिया बस्न वातावरण मैक्री सुविधायुत्त घर बनाई दिने भएका छन ।
पुर्जाले खुम्बु पासाङल्हामु गाउँपालिकासंग मिलेर भरियाहरुकोलागी घर बनाउन थालेका हुन । सगरमाथा आरोहणमा आउने आरोहीका सामान बोकेर आउने भरियाले सगरमाथा आधार शिविर क्षेत्रमा बास नपाउने, वास बस्न अपहेलित भै दुखकष्ट पाएको देखेपछि खुम्बु आधार शिविर क्षेत्रमा भरियाहरुकोलागी छुट्टै साझा घर बनाउन लागेका हुन ।
पर्यटकका सामान बोकेर खुम्बु क्षेत्र पुगेका भरियाले होटलमा बास नपाउने, खाना पनि नपाउने, पर्यटकलाई होटल पुर्याएपछि बास बस्न २ घन्टा टाढासम्म फर्केर बास बस्ने गरेको, खुम्बु र आधार शिविर होटलमा खानेकुरा असाध्यै महंगो भएकोले भरियाले अमानवीय ब्यवहार सामना गर्दै आएका थिए ।
तिनै भरियाको साझा दुःख देखेका आरोही पुर्जाले सगरमाथा आधार शिविरमा भारी बोकी गएका भरियाहरु बस्ने ‘भरिया घर’ बनाउन निम्सदाई फाउण्डेसन मार्फत ५ करोड ८९ लाख रुपैयाँ सहयोज संकलन गरी भरिया घर बनाउन लागिएको निम्सदाइ फाउण्डेसनले जनाएको छ । स्थानीय खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि भरिया घर बनाउन सहकार्य गरेको उपाध्यक्ष टासी ल्हामु शेर्पाले बताएकी छिन । सगरमाथा आधार शिविर छेउको लुवेचेमा भरिया घर बनेपछि पाहुनाको भारी बोकी गएका भरियाहरुले सहज बास पाउने गाउँपालकिाले विश्वास गरेको जनाएको छ ।
फाउण्डेसनको नेपाल हेर्ने गृष्मा विष्टले जानकारी दिएअनुसार भरियाहरूको बस्ने ठाउँ खोज्नकै लागि १० किलोमिटर अतिरिक्त हिँड्नु पर्ने दु:ख अन्त्य गर्ने अपेक्षा गरिएको छ । यो हाउस एक पटकमा ८० जना आँट्न सक्ने क्षमताको हुनेछ ।
५०३० मिटर उचाइमा बन्ने पोर्टर हाउस सुविधासम्पन्न हुनेछ भने त्यसमा दिगो विकास, वातावरणमैत्री काम, समुदाय अगुवाइ र आकर्षक सेवासुविधा हुने बताइएको छ । सोलारबाट बिजुली, टेबल, कुर्सी, खाटलगायका आकर्षक फर्निचर, मेडिकल सामग्रीहरू हुने भएकोले यो धेरै कोणमा बहुउपयोगी हुने बताइएको छ ।
फाउण्डेसनकी विष्टले यही वर्ष आएको थामेको बाढीको उद्धार तथा राहतमा साधनस्रोत प्रयोग गरेकोले पोर्टर हाउस निर्माण प्रक्रियामा केही ढिला भएको बताइन् । राहत तथा उद्धारको काम सकिएलगत्तै हाउसमा ध्यान केन्द्रित गर्ने उनले सुनाइन् ।
विश्वका सबै अग्ला हिमालको आरोहण गरिसकेका र धेरैवटा किर्तिमान कायम गरिसकेका आरोही शेर्पा भारी बोक्ने श्रमिक अर्थात भरियालाई ‘गुमनाम नायक’ भन्ने गर्छन् । वास्तवमा आरोहीहरुको नाममा किर्तिमान बन्छ ।
आरोहणका दलका अन्य मान्छेको पनि नाम हुन्छ तर उनीहरुलाई आधार शिविर र त्यहाँभन्दा माथिसम्म भारी बोकेर पुर्याउने भरियाहरु भने सधैं गुमनाम हुन्छन् । पुर्जाले तीनै गुमनाम नायकहरुको सम्मानमा केही उपकारी काम गर्ने योजना बनाएका थिए । त्यसैको साकार रुप हो पोर्टर हाउस ।
विश्वका सबै अग्ला हिमालको आरोहण गरिसकेका र धेरैवटा किर्तिमान कायम गरिसकेका आरोही निर्मल भारी बोक्ने श्रमिक अर्थात भरियालाई ‘गुमनाम नायक’ भन्ने गर्छन् ।आरोहणका दलका अन्य मान्छेको पनि नाम हुन्छ तर उनीहरुलाई आधार शिविर र त्यहाँभन्दा माथिसम्म भारी बोकेर पुर्याउने भरियाहरु भने सधैं गुमनाम हुन्छन् । पुर्जाले तीनै गुमनाम नायकहरुको सम्मानमा केही उपकारी काम गर्ने योजना बनाएका थिए । त्यसैको साकार रुप हो पोर्टर हाउस ।
हिमाली क्षेत्रका शक्ति भनेकै भरिया भएको भन्दै निर्मल पुर्जाले आफ्नो फाउण्डेसनको वेबसाइटमा परियोजनालाई ‘गुमनाम नायकहरूको सम्मानमा बनाइने स्वर्ग’ भनेर पोर्टर हाउसको व्याख्या गरेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
