- Loading...
राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइयाे
- पुनहिल डट कम
- ५ महिना अघि
- २४५ पटक पढिएको

आज ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइयाे ।
म्याग्दीका बेनी नगरपालिका समेत सवै ६ वटै स्थानीय तह र म्याग्दी सीमावर्ती पर्वतकाे जलजला गाउँपालिकाले पनि बुधवार विविध कार्यक्रम गरी शिक्षा दिवस मनाए । ति पालिकाले अा–अाफ्न क्षेत्र भित्रका उत्कृष्ट सार्वजनिक (सामुदायिक), निजी लगानीका विद्यालयका उत्कृष्ट परिक्षा फल ल्याउने विद्यार्थी, शिक्षक तथा शिक्षा दिवसकाे अवसर पारेर अायाेजना गरेका वक्तित्वकला, नृत्यकला समेतका प्रतियाेगितात्मक कार्यक्रममा विजेता विद्यार्थीलाइ पुरस्कृत गरी मनाएका छन ।
त्यसैविच बेनी नगरपालिकाले बेनी सामुदायीक विद्यालयमा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विविध कार्यक्रम गरेकाे छ । बेनी नगरप्रमुख सुरत केसीकाे अध्यक्षतामा सम्पन्न शिक्षा दिवसकाे अवसरमा एसइइ परिक्षा ०८० का उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, नगरपालिकाले संञ्चालन गरेकाे कक्षा ८ काे परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालय, विभिन्न तहग हाँजिरजवाफ, नृत्य प्रतियाेगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने विद्यार्थीलाइ पुरस्कृत गरेकाे छ ।
उक्त अवसरमा सराेकारवालाहरूले सामुदायिक विद्यालय र निजी विद्यालय, सामुदायीक विद्यालयहरूमा पनि बजार र ग्रामिण भेगका विद्यालयका पढाइ गुणस्तर छुट्टीएकाे परिक्षा फलले पुष्टी गरेकाे भन्दै सवैले अा-अाफुले मनन गर्नु पर्ने वेला अाएकाे बताइयाे ।
जिल्लाका अन्य पालिका र विद्यालयहरूले पन शिक्षा दिवस विविध कार्यक्रम गरी मनाएकाे जनाएका छन ।
त्यसैगरी, राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट विद्यालय,प्रधानाध्यापक,शिक्षक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
बुधबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,शिक्षा संयोजक एकिन्द्र खत्री,प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य लगायत जनप्रतिनिधि र कर्मचारीहरुले उत्कृष्ट विद्यालय,प्रधानाध्यापक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।
शिक्षा शाखाले दिएको जानकारी अनुसार विद्याज्योती मावि जलजला ३, वर्ष उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएको छ । यसैगरी जनकल्याण मावि जलजला ८, नागलिङका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मी,कृष्णभवन धर्म मावि जलजला ७, का शिक्षक शुमन शर्मा वर्ष उत्कृष्ट शिक्षक,फर्से धाइरिङ मावि जलजला ७, का बाल शिक्षक संगीता सुवेदीलाई उत्कृष्ट बालशिक्षकका रुपमा सम्मान गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
