- Loading...
कर्णप्रिय बेनीकाे बजार गीतकी गायिका छन्त्याल सम्मानित
- पुनहिल डट कम
- ५ महिना अघि
- २५३ पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीलाइ परिचय गराउने पुरानाे र कर्णप्रीय ’बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी गायिका मन छन्त्याल श्रेष्ठलाइ सम्मान गरिएकाे छ ।
शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनः छायांकन गरिएकाे म्युजिक भिडियो विमोचन कार्यक्रममा गायिका छन्त्याल श्रेष्ठलाइ सम्मान गरेकाे हाे ।
पाँच दशक अगाडी गीतसंगीतमार्फत म्याग्दीको सदरमुकाम बेनीबजारलाई चिनाउन सफल भएको भन्दै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारीले दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।
विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक सार्वजनिक भएको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । जेसीज म्याग्दीले पानी खायो बाघलै एवं बेनीको बजार गीतको पुनर्निर्माण गरेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
