- Loading...
काममा फर्के राहुघाटका मजदुर
- पुनहिल डट कम
- ५ महिना अघि
- २४७ पटक पढिएको

सयममै पारिश्रमिक नपाएकाे भन्दै काम राेकेर अान्दाेलनमा उत्रेका राहुघाट जलविधुत अयेजनाका मजदुरहरू सेप्टेम्बर २० तारिक भित्र पारिश्रमिक दिने सहमतिपछि काममा फर्केका छन ।
रघुगंगा गाउँपालिका, ३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेकेदार जयप्रकाश (जेपी)एशोसिएट्सले नियिमत समय भित्र पारिश्रमिक दिने प्रतिवद्धता जनाएपछि अान्दाेलनरत मजदुरहरू शुक्रवार साँझदेखी काममा फर्केकाे निर्माणा ब्यवसायी जेपी एशिसएट्सले जनाएकाे छ ।
निर्माणा ब्यवसायी कम्पनीले कसैकाे उक्साहटमा साेझा मजदुर हतारमा अान्दाेलनमा अाएकाे र विषय र प्रकृया वुझेपछि काममा फर्केकाे दावी गरेकाे छ । कम्पनीले कुनै पनि महिनाकाे मजदुरले पाउने पारिश्रमिकक नराेकिएकाे र अगष्ट महिनाकाे तलव सम्झाैता समयसीमा दाेस्राे महिनाकाे २० तारेख भित्र मजदुरले भुक्तानी गरिने कम्पनीकाे ब्यवस्थापनले जनाएकाे छ ।
‘आयोजनामा कार्यरत मजदुरले तीन महिनादेखी तलव पाएनौं भन्नु नै गलत छ । हरेक महिनाको तलव दोस्रो महिनाको १५–२० तारेखभित्र भुक्तानी गर्ने भन्ने सम्झौता छ, सोही अनुसार कुनै पनि महिनाको तलव रोकिएको छैन । मलाइ लाग्छ यो कसैले फरक मनसायले मदजुर भड्काएको वा गलत अफवाह फैलाएको हुन सक्छ । २ दिन काम रोकियो, शुक्रवार साँझदेखी सवै आन्दोलनरत मजदुर काममा फर्कनु भएको छ’ जेपी एशोसियट्सका प्रशासन सिनियर ब्यवस्थापक राम सिंहले भने, ‘सरकारी कर्मचारीले त कहिलेकाहीं समयमा तलव पाउँदैनन । यो निर्माण प्रोजेक्ट हो नि । कम्पनीलाइ पैसा ब्यवस्थापन गर्दा एक दुई दिन अघिपछी त हुन सक्छ नि । समस्या नै परेका मजदुरलाइ जुनसुकै समय भुक्तानी गरेका छौं । जुलाइकाे पेमेन्ट मजदुरकाे खातामा गैसक्याे, अगष्ट महिनाको भुक्तानी बाँकी छ, सेप्टेम्बर १५–२० तारिखमा दिन्छौं ।’
जेपी एशोसिएट्सले यस आयोजनमा नेपाली र भारतीय गरी करिब साढे ७ सय मजदुर परिचालन गरेको जनाएको छ । आगामी १ बर्ष भित्र आयोजनाको निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कम्पनीले स्रोत, सधान र जनशक्ति परिालन गरेको जनाएको छ । राहुघाट जलविद्युतको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको छ भने इलेक्ट्रिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले ठेक्का लिएको छ ।
यस आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ गत साउनमा छिचोलिएको थियो । भारतीय आयात–निर्यात –एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो । अहिले सुरुङलाई कंकिट गर्नुको साथै बाँध र विद्युतगृहको पूर्वाधार निर्माणको काम भइरहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
