- Loading...
बजार झर्न थाल्यो मुस्ताङका स्याउ
- पुनहिल डट कम
- ५ महिना अघि
- २९२ पटक पढिएको

स्याउमा रंङ चढेको र स्वादमा गुलियोपन भरिदै गएपछि मुस्ताङको हाईव्रिड स्याउ बजार झर्न थालेको छ ।
छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सीटी रहेको हाईव्रिड) गाला जातको स्याउ भदौ १० गतेदेखी रकिङरोट जातका स्याउ भदौ १५ गतेदेखी नै बजार झर्न थालेको छ ।
तर हाइडेन्सीटी हाईव्रिट नै भएपनि ढिलो पाक्ने फुजी, जोनाप्रिन्स, गोल्डेन डेलासिस जातका तथा मुस्ताङमा रोपिएका स्थानीय गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड र फुजी जातका स्याउ भने असोज १ गतेबाट बजार पठाईने प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला समन्वय समिति मुस्ताङको संयोजनमा गाउँपालिकाहरु, कृषी ज्ञान केन्द्र, मार्फा बागबानी, स्याउ जोन मुस्ताङ र अगुवा कृषकहरुको बैठकले असोज १ गतेपछि मात्र बजार पठाउने निर्णय गरेको प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई प्रमुख नेत्रप्रसाद भट्टले भने, ‘स्थानीय स्याउमा अझै गुलियोपना नपुग्ने, दानाको पूर्ण रङ नआउने र दाना भित्रको बियाँ हरियो हुने भएकोले असोज पर्खेका हौं ।’
रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर मापन गर्दा न्युनतम मापदण्ड १२ प्रतिशतबढी गुलियोपना देखिएपछि स्याउ बजार पठाउन उपयुक्त मानिन्छ । कृषी प्राविधिकहरुका अनुसार मुस्ताङका स्याउमा वास्तविक स्वाद आउने समय कात्तिक हो । असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ ।
मुस्ताङ्गको स्याउको व्राण्डमा गुणस्तर कायम गर्न सरोकारवाला निकायले असोज नलागी स्याउ नटिप्ने र बजार नपठाउने निर्णय गरेको भएपनि अहिले बजारमा नपाकेको, टोक्दा साहृो र गुलियोपना नआएको स्याउ पाईन थालेको छ । मार्फाका स्याउ कृषक अनिल हिराचनले स्याउमा गुलियोपना आएको भन्दै भदौ १८ गतेबाट स्याउ बजार पठाउने सामाजिक संञ्जाललमा उल्लेख गरेका छन ।
स्याउ जोन मुस्ताङका अनुसार हाइडेन्सीटी हाईव्रिट स्याउको वारीमै प्रति केजी १ सय ८० देखी २ सय रुपैयाँ र अन्य स्याउको वारीमा प्रति केजी १ सय २० देखी ३० रुपैयाँ मुल्य पर्ने भएको छ ।
‘मुस्ताङमा स्याउ पाक्न थालेको छ । स्याउमा आउनु पर्ने गुलियोपना प्रयाप्त आईसकेकोले बजार पठाउन थालेका हौं ।ं’ मुस्ताङको सवैभन्दा ठूलो निजी स्याउ बगान सिम्ले अचार्डस प्रालिका कर्म गुरुङले भने, ‘रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर नाप्दा १२ देखी १४ प्रतिशतसम्म गुलियोपना पुगेको छ ।’
मुस्ताङका अगुका स्याउ कृषक गुरुङले थपे, ‘एउटै बोटका सवै फलमा त समान गुणस्तर हुँदैन । सुरुमा फलेका तथा सोझो घाम पर्ने स्याउका दानामा बढी गुलियोपना र भित्र पछि फलेका स्याउमा गुलियोपना कम पसेको सक्छ । पारिलो–ओसेपिलो, तल्लो–माथिल्लो क्षेक्र तथा स्त्रिनिङ गरे–नगरेको आदी आधारमा स्याउको गुणस्तर फरक पर्छ । ब्यापारीले असोज लाग्यो भन्दैमा ग्रेडिङ नगरी स्याउ बजार पठाउँदा उपभोक्ताले गुणस्तरीय नपाउन पनि सक्छन ।’
मुस्ताङका कृषकले स्याउ टिप्ने निर्णय गरेसँगै ब्यापारीहरु हात–हातमा पैसा बोकेर कृषकको बगैचामा पुगेका छन । मुस्ताङमा ब्यापारीले कृषकको बगैचामा पुगेर स्याउ फलेको हेरेर अनुमानको भरमा बगान नै ठेक्का लिने चलन छ ।
कृषकका स्याउ बगान नै ब्यापारीले वोलकवुलबाट ठेक्का बढाबढगरी खरिद विक्रि हुने गरेकोले कृषकको बारीमै स्याउको मुल्यमा एकरुपता छैन । बजारले मुल्य निर्धारण गर्न खुल्ला राखिएकोले भुगोल, गुणस्तर र समय अनुसार स्याउको मुल्य फरक पर्ने गरेको कृषी ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना स्याउ जोन इकाई कार्यालय मुस्ताङका अनुसार मुस्ताङमा जम्मा ८ सय ९१ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुन्छ । स्याउ खेतीे मध्य गत वर्ष ६ सय १५ हेक्टर क्षेत्रफलमा रहेका स्याउका बोटबाट ४ हजार ९ सय ७५ मेट्रिकटन उत्पादन भएको थियो ।
स्याउ खेती भएकोमध्य ६० रोपनी क्षेत्रफल उच्च घनत्वमा आधारित ५ जातका स्याउको खेती भैरहेको छ । मुस्ताङमा १२ दशमलव ५ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको छ । स्याउ जोन मुस्ताङले यो वर्ष मुस्ताङमा ३५ प्रतिशतसम्म स्याउ उत्पादन बृद्धी हुने अनुमान गरेको छ ।
‘स्याउको आधारभुत गुलियोपना आईसकेकोले कृषकले स्याउ टिपेर बजार पठाउन थालेका छन । कृषकले आफुखुशी ब्यापारीसँग मुल्यमा मोलमोलाई गरी बगान नै ब्यापारीलाई ठेक्का दिने गरेकाले स्याउको थोक मुल्य तोकिएको छैन । स्याउको जात, गुणस्तर र भुगोलले स्वादमा फरक पर्ने भएकोले स्याउको मुल्य पनि कृषक र ब्यापारी विच नेगोसेसनमा हुने गरेको छ’ स्याउ जोन मुस्ताङकी नायव प्राविधिक सहायक रुपा विकले भनिन, ‘सितोष्ण बागवानी विकास केन्द्र मार्फाले भने स्याउको मुल्य तोक्ने प्रकृयामा छ ।’
मार्फाको सरकारी स्याउ बगानमा बार्षिक ३० मे.टन स्याउ उत्पादन हुन्छ । केन्द्रको बगानमा उत्पादित स्याउको दाना बाहेक मदिरा पनि उत्पादन गरी विक्रि गर्छ । केन्द्रका अनुसार बागवानी केन्द्रले स्याउको ब्राण्डी २ हजार लिटर, साईडर ३ सय लिटर र आरुवखडाको वाईन ४ सय लिटर उत्पादन गर्दै आएको छ ।
मोटरबाटो पुगेपछि मुस्ताङका कृषकले वारीमै स्याउको राम्रो मुल्य पाएका छन । तर ब्यापारीको मुल्यमा कार्टेलिङ गरेकोले बारीको मुल्य भन्दा धेरै बढी मुल्य तिर्न बाध्य छन । मुस्ताङबाट ट्रकमा स्याउ ढुवानी गर्दा बेनीसम्म ८ रुपैयाँ र पोखरा पुर्याएको १२ रुपैयाँसम्म प्रतिकेजी मुल्य पर्ने गरेको छ ।
मुस्ताङ्गको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ्ग, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ्ग, लुप्रा, ताम्बे, छुक्साङ, चैले आदी गाउँमा स्याउको राम्रो खेती गरिन्छ । मुस्ताङको घरपझोङ, वारागुङमुक्ति क्षेत्रमा स्याउ पकेट क्षेत्र हुन । थासाङको टुक्चे, कोवाङ क्षेत्रमा केही खेती हुन्छ । उपल्लो मुस्ताङका लोघेकरदामोदरकुण्ड र लोमन्थाङमा पनि स्याउ खेती विस्तार भएको छ । तर प्रतिफल राम्रो आएको छैन ।
फस्टाउँदै हाईब्रिड स्याउ
खेती भएकोमध्य ३८ रोपनी क्षेत्रफलमा उच्च घनत्वमा आधारित गाला, किङरोट समेत ५ जातका स्याउको खेती भैरहेको छ । मुस्ताङमा हाइडेन्सीटी रहेको हाईव्रिड स्याउको ब्यवसायीक र ठूलो क्षेत्रफलमा खेती गर्ने सिम्ले अचार्डस प्रालि हो । प्रालिले बार्षिक २ सय मेट्रिक टन स्याउ उत्पादन गर्ने जनाएको छ । सिम्ले अचार्डस प्रालिले मुस्ताङका विभिन्न ७ स्थानमा गरी ४ सयबढी रोपनी क्षेत्रफलमा हाइडेन्सीटी स्याउ रोपेको छ । हाइडेन्सीटी स्याउमध्य पनि छिटो पाक्ने गाला र किङरोट जातका स्याउ फल्ने बेलादेखी नै स्क्रिनिङगरी ग्रेडिङ गरिएकोले गुणस्तरिय भएकोले मुल्य पनि अन्य कृषकका स्याउ भन्दा महंगो छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
