- Loading...
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
- घनश्याम खड्का
- ३ महिना अघि
- ३१२ पटक पढिएको
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित म्याग्दीको पर्यटन प्रर्वधन गर्न आयोजित फोटो प्रतियोगितामा सहभागी प्रतियोगी नंम्बर १ सय २७ रहेको तस्वीर हो, फुच्चे गुराँस ।
प्रतियोगितामा सहभागी उक्त फोटोको फुलको र रुखको पुरा जानकारी पाउनु पाठकको अधिकार हो । किनभने नेपालमा मात्र पाईने र नेपालको पनि म्याग्दीमा फोटोसहित पहिचान गरिएको यो फुच्चे गुराँस मन पराई न्यायोचित निर्णय लिन सहयोग पुग्ने छ ।
अँग्रेजी नाम ‘रोडेडेन्ड्रन कोबानियनम’ भनिने संसारको सवैभन्दा सानो गुराँशलाई हामीले ‘फुच्चे गुराँश’ नामाकरण गरेका छौं । नेपालमा मात्र पाईने रैथाने जातको ‘फुच्चे गुराँश’ रङ्ग भने गुलावी हुन्छ । नेपालमा लाङटाङपछि म्याग्दीको धौलागिरी र अन्नपूर्ण प्रथम आरोहण मार्गमा मात्र प्रश्ट पहिचान गरिएको हो ।
झाडीदार वनस्पतिमा पर्ने फुच्चे गुराँस वैशाख–जेठ (अप्रिल–जुन)महिनामा फुल्ने गर्छ । ८ फटसम्म उचाईको बोट हुने यो फुल कोपिला लाग्नु अघी पूर्ण पतझर हुन्छ । फुलको कोपिला लाग्न थालेपछि विस्तारै पालुवा पलाउन थाल्छ । पुर्ण वयस्क भै फुल्दा पात राम्ररी आउँदैन । हरियो पात पलाएर लामो हुँदै जाँफुल झर्दै जान्छ ।
फुच्चे गुराँसले भर्खर कोपिला हाल्दै गरेको अवस्था
फुच्चे गुराँस पुरै फुलेको
गुराँसको डाँठ र बाेट
फुच्चे गुराँस’
संसारको सवैभन्दा सानो र नेपालमा मात्र पाईने ‘फुच्चे गुराँस’को फुलको तस्विर हामीले धौलागिरी–निलगिरी–अन्नपूर्ण फेदीमा पहिलो पटक खिचेका हौं । अँग्रेजी नाम ‘रोडेडेन्ड्रन कोबानियनम’ भनिने संसारको सवैभन्दा सानो गुराँशलाई हामीले ‘फुच्चे गुराँश’ नामाकरण गरेका छौं । नेपालमा मात्र पाईने रैथाने जातको ‘फुच्चे गुराँश’ रङ्ग भने गुलावी हुन्छ । नेपालमा लाङटाङपछि यहाँ मात्र भेटिएको हो ।
हिमाली अल्पाईन क्षेत्र मुनी ३–४ हजार मिटर उचाईमा पाईने फुच्चे गुराँशको फुल मैले म्याग्दीको रघुगंगा गाउँपालिका, ७ चिमखोला गाउँको शिरानमा अवस्थित धौलागिरी आईसफल पदमार्गको चेप्टेओढार, दोविल्ला, कछुवाओडार, धौलागिरी भ्यूहिल क्षेत्रमा फुलेको भेटें । यस अघिसम्म धवलागिरी हिमाल क्षेत्रमा यो गुराँशको तस्वीर कसैले लिएको भेटिएको छैन ।
मिस्त्रीखोला जलविधुत आयोजनाको वातावरणीय प्रभाव अध्ययन गर्न सन् २०१९ मा आएका वनस्पतिविद कमल मादेनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ मा मिस्त्रीखोलाको माथिल्लो भागमा पर्ने हुमखोला क्षेत्रमा यो गुराँशको फेला पारेका थिए । मादेनले त्यसवेला यो गुराँशको पात मात्र खिचेका थिए । तर मैले विस २०७९ साल जेठ अन्तिम साता म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ गाउँको सिरानमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गमा पर्ने हुमखोला (२८८३ मि.देखी भुस्केटमेला (३५५३ मि.)सम्मको भुगोलमा पहिलो पटक फुच्चे गुराँशको फोटो खिच्ने अवसर पाएको थिए ।
झाडीदार वनस्पतिमा पर्ने फुच्चे गुराँस वैशाख–जेठ (अप्रिल–जुन)महिनामा फुल्ने गर्छ । वनस्पतिविद मादेनका अनुसार यो गुराँसको फुल फक्रेपछि पातसँगै निस्किन्छ ।
संसारभर गुराँसका करीव एक हजार ५० प्रजाती छन । वनस्पति विज्ञ कमल मादेनको ‘गुराँश उद्विकासको यात्रा’ लेखमा उल्लेख भए अनुसार नेपालमा पाईने ३३ प्रजातिका गुराँश मध्य रेडोडेन्ड्रन कोवानियनम र रेडोडेन्ड्रन ल्वान्डेसीका दुई प्रजाती नेपालमा बाहेक अन्यत्र छैन । यी दुवै प्रजातिका गुराँश अन्नपूर्ण आरोहण मार्गमा पाईन्छन । रेडोडेन्ड्रन ल्वान्डेसी जातको फुच्चे गुराँसका पातलाई हिमाली वास्नादार धुपीको रुपमा प्रयोग हुने गरेको छ ।
सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपाल अध्ययन गर्न आएको वेला यो प्रजातिको गुराँश लाङटाङबाट संकलन गरेका थिए । अध्ययनको क्रममा संसारकालागी गुराँशको नयाँ प्रजाति रेकर्डगरी यसको नाम रोडोडेन्ड्रोन कोबानियनम राखेका थिए । उक्त नाम स्कटिस वनस्पतिविद जोन म्याकक्नि कोवानको सम्मानमा राखिएको थियो ।
गुराँशको उत्पति भने ६ करोड ५० लाख वर्ष अघि अमेरिकाको अलास्कामा भएको मानिन्छ । गुराँश दक्षिणपूर्वी एशिया हुँदै नेपाल आएको वनस्पतिविद् मादेनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन । शब्द, तस्वीर ः घनश्याम खड्का, म्याग्दी