FLASH NEWS
  • Loading...

प्रथम म्याग्दी कप उपाधी मनसुन युथ क्लबलाई

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ३३७ पटक पढिएको
प्रथम म्याग्दी कप उपाधी मनसुन युथ क्लबलाई

बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–६ चुत्रेनीके द मनसुन युथ क्लबले जितेको छ ।

शुक्रबार साँझ सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी कालिपुल यूनाइटेडलाई ०–१ गोलले हराउँदै मनसुन युथ क्लबले उपाधी जितेको हो ।

प्रतियोगितामा विजेता र उपबिजेताले क्रमश ७० हजार, ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । विजेता टिमलाइ प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले पुरस्कार वितरण गरेका थिए । प्रतियेगितामा फेयर प्ले अवार्ड नगद ७ हजार, ट्रफी सहित मालिका गाउँपालिका–६, दरबाङको जनप्रिय भुपु विद्यार्थीको टिमले प्राप्त गरेको छ ।

प्रतियोगितामा राइजिङ खेलाडी कालिपुल यूनाइटेडका समन पुन, ८ गोल गदैं सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्टाइकर कालिपुल यूनाइटेडकाका पुरन छन्त्याल,उत्कृष्ट गोलरक्षक मनसुनका सिजन किसान,उत्कृष्ट प्रशिक्षक कालिपुल यूनाइटेडका अनिष गौचन, उत्कृष्ट मिडफिल्डर मनसुनका सम्रराट लिम्बु, उत्कृष्ट डिफेन्स मनसुनका आशिष केसी र उत्कृष्ट खेलाडी कालिपुल युनाइटेडका रोशन छन्त्याललाई पुरस्कृत गरिएको थियो ।