FLASH NEWS
  • Loading...

दशैंकाे संघारमा झरीवर्षाकाे अाशंका

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • २३८ पटक पढिएको
दशैंकाे संघारमा झरीवर्षाकाे अाशंका

दशैं संघारमा सातभर झरीवर्षाकाे अांकलन गरिएकाे छ । माैषम सम्बन्धी विभिन्न माेडेलहरू र माैषमपूर्वानुमान गर्ने माैषमविद्हरूले बुधवार दिउँसाे/साझदेखी बर्षा हुन सक्ने अांकलन गरेका छन ।

बंगालकाे खाडीमा बनेकाे न्यून चापिय रेखाकाे प्रभावले वर्षा हुने अनुमान गरेका भएपनि बर्षा कतिसम्म हाेला भन्ने भने उल्लेख गरेका छैनन । नेपाल अाधिकारिक सरकारी निकाय जल तथा माैषम विज्ञान विभागले भने बुधवादेखी पर्ने अनुमान गरिएकाे बर्षा पूर्वानुमानमा केही उल्लेख गरेकाे छैन ।

नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले सेप्टेम्बर  २३ अर्थात असोज ७ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर पछि फेरि मौसमविद्हरूले अक्टोबर २ अर्थात असोज १६ गते  मनसुन बाहिरिन सक्ने अनुमान गरेका छन ।