- Loading...
घाेरेपानी हिंडेका स्पेनिस पर्यटक तिखेढुङ्गाबाट वेपत्ता मध्य एक पर्यटककाे शव फेला, अर्का अझै वेपत्ता
- पुनहिल डट कम
- ५ महिना अघि
- १२३० पटक पढिएको

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गा बाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा अाइतवारदेखी वेपत्ता स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) मध्य पुरूषकाे शव मंगलवार फेला परेकाे छ । अर्केा १ जनाकेा जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासी सहित ले खोज्ने क्रम जारी छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार घोरेपानी जाने क्रममा तिखेढुङ्गा र उल्लेरी विचकाे भुरुङदी खोलामा ति पुरूषकाे शव भेटिएकाे हाे । उनीहरू उचित पदमार्गकाे संकेत नपाउँदा पुरानाे बाटाेहुँदै जाँदा चिप्लिएर खाेलामा खसेकाे वा छेउकाे सुन्दर झरनाकाे तस्वीर लिन खाेज्दा चिप्लिएर खाेलामा बगेकाे अनुमान गरिएकाे छ । साेही झरना र पुलनजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा स्थानीयले भेटेका थिए ।
विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गरेकाे चेकपोस्टका प्रमुख यामबहादुर गुरुङले बताएका छन । ‘पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छ,’ गुरुङले भने । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरा छेउमा दुई वटा स्टिक (लौरी) भेटिएको छ ।
आज गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी एक्यापले जनाएको छ । प्रवक्ता गुरुङका अनुसार पर्यटक हराएको जानकारी दूतावासलाई गराइएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
