- Loading...
श्रीकृष्ण जन्माष्टमी : पौराणिक मान्यता र कृष्ण-लीलाको प्रसंग
- पुनहिल डट कम
- ६ महिना अघि
- १५१ पटक पढिएको

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएके मानिन्छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।
द्वापर युगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । दाजु कंसले आफ्नी बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई बहिनी ज्वाँइलाई पु¥याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ “कंस ! तँ जसलाई पु¥याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ ।” आकाशवाणी सुनेपछि कंसले आफ्नी बहिनीलाई तत्कालै मार्न तयार भयो । वसुदेवले आफ्ना प्रत्येक सन्तान जन्मने बित्तिकै कंसलाई टक््रयाउने प्रण गरेपछि मात्र कंस मान्न तयार भयो अनि वसुदेव र देवकी दुवैलाई कारागार चलान ग¥यो । क्रमशः छैटौँ पुत्रसम्मलाई जन्मने बित्तिकै कंसले मार्यो ।
देवकीको सातौँ गर्भलाई भने भगवती योगमायाले देवकीको गर्भबाट वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा सारे । सातौँ गर्भ तुहिएको कुरा कंसलाई जानकारी गराइयो । पूर्वजन्ममा भगवान् विष्णुलाई आफ्नो सन्तानका रूपमा प्राप्त गर्ने वर पाएका देवकी र वसुदेवको आठौँ गर्भका रूपमा भाद्र कृष्ण अष्टमीका दिनमा भगवान् जन्मिए ।
घनघोर वर्षा भइरहेको कारणले यमुना कुर्लिरहेकी थिइन् तर पनि वसुदेवले बल्लबल्ल गोकुल पुगी यशोदाकी सन्तान योगमायालाई लिएर कारागारमा आए । कंसले बालिकारूपी योगमायालाई मार्न खोज्दा बालिका हातबाट फुत्किई “तँलाई मार्ने बालक जन्मिसकेको छ पापी !” भनी अन्तध्र्यान भइन् । कंसले त्यो दिनमा गोकुलमा जन्मिएका सबै बालकहरूलाई मार्यो तर कृष्णलाई मार्न पठाएका पूतना, चाणूर र मुष्टिजस्ता कैयौँ राक्षसहरूलाई कृष्णले बध गरे । कृष्णले अनेक लीलाहरू देखाए । जसलाई कृष्णचरित्र पनि भनिन्छ ।
वृन्दावनमा गोपालहरूसँग विचरण गर्नु, दही चोरी खानु, बालसखा सुदामासँग खेल्नु , बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मा सम्मको घमण्ड चूर गर्नु, कालीय नाग दमन गर्नु, एक हप्तासम्म गोवर्धन पर्वत उचाल्नु, १६०० गोपिनीहरूसँग प्रेमक्रीडा तथा रासलीला गर्नु आदि जस्ता अनेकौँ लीलाहरू श्रीकृष्णचरित्र अन्तर्गत पर्दछन् ।
श्रीकृष्णको अवतारसँगसँगै आसुरी प्रवृत्तिको अन्त्य भयो । धराधाममा सत्य धर्म र अहिंसाले राहत प्राप्त गर्यो । युद्धबाट विरत हुन पुगेका अर्जुनलाई आफ्नो कर्तव्य बुझाउन भगवान्ले कुरुक्षेत्रको रणप्राङ्गणमा उपदेश दिए । ती वाणीहरूको संग्रहलाई हामी श्रीमद्भगवद्गीता ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
