- Loading...
म्याग्दीका सामुदायीक विद्यालयहरु धमाधम स्मार्ट बोर्डमा पढाउँदै, के हो इन्टरएक्टीभ स्मार्टबोर्ड
- पुनहिल डट कम
- ६ महिना अघि
- ५११ पटक पढिएको

परम्परागत शिक्षण प्रविधीमा नयाँ उपकरण र शैली अपनाइएकाे प्रविधीकाे प्रयाेगगरी म्याग्दीका सामुदायीक विद्यालयहरुले स्मार्ट बोर्डबाट अध्यापन थालेका छन ।
विद्यालयलाई प्रविधी मैत्री बनाउने अभियानमा पछिल्लो पटक आइतवार सदरमुकाम बेनीको प्रकाश माध्यामिक विद्यालयले एण्ड्रोइड १४.० भर्सनको आइओएस अपडेटिङ सिस्टम भएको फोर के रिजुलेसन भएका २ वटा इन्टरएक्टीभ टचस्कीन स्मार्ट बोर्ड जडानगरी अध्यापन थालेको छ । बाेर्ड जडानकाे बेनी नगरपालिका प्रमुख सुरत केसीले अाइतवार एक समाराेहविच उद्घाटन गरे ।
जिल्लाका ७२ वटा माध्यामिक विद्यालयहरु मध्य अन्नपूर्ण गाउँपालिका भित्रका सवै १० वटा सामुदायीक मावि, बेनी नगरपालिकाका ३ वटा सामुदायीक मावि, रघुगंगा गापाका ३ र दुर्गम धवलागिरीका २ वटा सामुदायीक विद्यालहरुले यस अघि नै कम्तीमा एक–एक वटा स्मार्ट बोर्डबाट अध्ययन/अध्यापन सुरु गरेका छन ।
‘समयले प्रविधीसँगै अनुकुलन नभै नहुने अवस्थामा पुर्याएको छ । शिक्षक, अभिभावक भन्दा विद्यार्थी फ्रविधीमा धेरै अगाडी छन । अव शिक्षकलाई बढी सक्रियता र त्रियटिभ बनाउने छ, बन्नै पर्ने छ’ स्माट बोर्ड जडानपछि प्रकाश माविका प्रअ लेखबहादुर हमालले भने, ‘विज्ञान विषयमा कक्षा ११ र १२ संञ्चालन गर्ने जिल्लाको एक्लो विद्यालय हौं, हामीलाई प्रविधी मैत्री बन्न दवाव थियो । विज्ञान समुहमा स्मार्ट बोर्डबाट अध्यापन सुरु गरी अर्को दुई बर्ष भित्र कक्षा ८ देखी माथीका सवै कक्षामा स्मार्ट बोर्ड पुर्याउने लक्ष्य लिएका छौं ।’
विद्यालयले कार्यसम्पादनमा आधारित मुल्याङ्कनमा बेनी नगरपालिकामा पहिलो भएपछि प्राप्त ३ लाख नगद पुरस्कारमध्यबाट २ लाख १८ हजार खर्चेर स्ट्याण्ड, ओपिएस बक्ससेट र स्मार्टवोर्ड तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरीकृष्ण श्रेष्ठले एक लाख ६० हजार खर्चेर किनिदिएको अर्को इन्टरएक्टीभ टचस्कीन स्मार्ट बोर्डलाइ जडानगरी अध्यापन सुरु गरेको हो ।
तर स्मार्ट बोर्ड जडान गरेसँगै अध्ययन/अध्यापन गराउन पावरब्याकअप, उच्चगतिको इन्टरनेट र सुरक्षाकालागी सिसी क्यामेरा अभाव रहेको विद्यालयले जनाएको छ ।
‘जिल्लाको जेठो विद्यालय भनेर मात्र कोही विद्यार्थी आउनेवाला छैनन । विद्यालयहरु अव विद्यार्थीको माग र समयको आवश्यकता अनुकुलका प्रविधी मैत्री बन्नै पर्छ । त्यसैले विद्यालय ब्यवस्थापन समितिमा चयनभएपछि आफैले स्मार्ट बोर्ड सहयोगगरी विद्यालयलाई प्रविधीमैत्री बनाउने अभियान थालेको हुँ’ प्रकाश मावि ब्यवस्थापन समितिका अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘अव विद्यालयले आफ्नै श्रोत परिचालन गर्ने, अन्य अनुदान खोज्ने र दाता खोजेरै भएपनि अध्ययन/अध्यापनमा नयाँ प्रविधी र सीप भित्राउन दवाव परेको छ ।’
यस अघि जिल्लामा अन्नपूर्ण गाउँपालिकाका हिमाञ्चल मावि, आदर्श मावि, टिकोट मावि, ज्ञानप्रकाश मावि समेतका सामुदायीकहरुले ५ बर्ष अघि देखी, रघुगंगा गापाका ज्ञानाेदय मावि माैवाफाँट र रघुगंगा मावि पिप्ले र कालिका मावि तिप्ल्याङले ३ बर्षदेखी स्मार्ट बोर्डबाट अध्ययन/अध्यापन गराउँदै आएका छन ।
स्मार्ट बोर्ड के हो ?
अहिलेको नयाँ प्रविधिसँग मिसाएर आउँदो पुस्तालाई शिक्षा दिने प्रविधि नै इन्टर्याक्टिभ (स्मार्ट) बोर्ड हो । प्रविधिको प्रयोगबाट जीवन उपयोगी र स्मार्ट शिक्षा दिइने ठाउँ विद्यालय हो । अन्य देशहरुका बिद्यालयहरु इन्टर्याक्टिभ बोड र प्रबिधिको प्रयोग गरी गुणस्तरीय शिक्ष प्रदान गर्ने गरेका छन् । नेपालमा यसको प्रयोग न्यून हुने गरेको छ ।
स्मार्ट बोर्डको प्रयोगले अन्तर्राष्ट्रिय स्तर हुने गरेको शिक्षाको जानकारी शिक्षकले लिइ सहज तरिकाले विद्यार्थीलाई बुझाउन सकिने छ । कक्षा कोठाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री इन्टर्याक्टिभ (स्मार्ट) बोर्डमा नै हुने भएकाले शिक्षक नहुँदा पनि विद्यार्थीले आफैं पढ्न सक्छन् ।
के के छन् स्मार्ट बोर्डको विशेषताहरू ?
आजको युग प्रविधिको युग हो । प्रविधि हाम्रो जीवनको एक अभिन्न अङ्ग भैसकेको छ । शैक्षिक क्षेत्रमा झन् यो इन्टर्याक्टिभ (स्मार्ट) बोर्ड अपरिहार्य छ । बोर्डको प्रयोगले बैठक, शिक्षा, प्रशिक्षण जस्ता धेरै काममा बहुउपयोगी मानिएको छ । कम्प्युटर, प्रोजेक्टर, टिभी, हुवाइट बोर्ड, मार्कर, र साउण्ड सिस्टमको बिकल्पमा यसको प्रयोग गर्न सकिने छ । अक्षर, अङ्क र चित्रहरू पढ्न, लेख्न, मेटाउन र सिधै इमेल गर्न सकिने सम्पूर्ण सुविधा यो इन्टर्याक्टिभ (स्मार्ट) बोर्डमा रहेको छ ।
बिशेषत बिद्यालयमा भएका शैक्षिक क्रियाकलापहरु अभिभावकहरू इमेल गर्न, अनुपस्थित भएको विद्यार्थीलाई भचुवल कक्षाको माध्यमबाट समेट्न, लेखिएको, भनिएको तथा देखाइएको सामग्रीहरूलाई क्यू आर कोडको प्रयोग गरी सजिलै सुरक्षित राख्न शेयर गर्न र आफ्नो मोबाइल, ल्यापटपको सामाग्रीहरू सहजै प्रदर्शनी गर्न सकिने जस्ता सुविधा यस इन्टर्याक्टिभ (स्मार्ट) बोर्डमा रहेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
