- Loading...
खाना पकाउने ग्याँसको विकल्पमा विधुतिय चुल्हो बाँड्दै लोमन्थाङ गाउँपालिका
- पुनहिल डट कम
- ६ महिना अघि
- ३९३ पटक पढिएको

हिमालपारीको प्राचिन शहर लोमन्थाङ गाउँपालिकाले खाना पकाउने एलपी ग्याँसमा भैरहेको लागत घटाउने र स्वदेशी विधुत खपत बढाउने उद्देश्यले स्थानीयवासीलाई पूर्ण अनुदानमा विधुतिय चुल्हृो वितरण गर्न थालिएको छ ।
लोमन्थाङ गाउँपालिकाले खाना पकाउने एलपि ग्याँसको लागत न्यूनिकरण गर्ने उद्देश्यले पहिलो चरणमा वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० घर परिवारमा विधुतिय चुल्हृो वितरण गरेको छ ।
‘लोमन्थाङका गाउँहरुमा अझै पनि कतै कतै खाना पकाउन परम्परागत इन्धन गुईठा (चौरीको गोवर सुकाएर बनाईने वस्तु) प्रचलनमा छ । परम्परागत गुईठा मात्र हैन, खाने पकाउने एलपि ग्याँस समेत अधिक महंगो पर्ने भएकोले विकल्पमा इलेक्ट्रीक चुल्हृो प्रचलनमा ल्याउन थालेका हौं’ लोमन्थाङ गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले भनिन, ‘ग्याँस भन्दा धेरै सस्तो पर्छ भन्ने भएपछि पालिकाको सत प्रतिशत अनुदानमा इलेक्ट्रिक चुल्हृो वितरण गरेका हौं । दोस्रो लटमा बाँकी वडाबासीलाई वितरण गर्छौ ।’
खाना पकाउन प्रयोग गरिने एलपी ग्याँसको पोखराबाट गाडीमा ढुवानी गरी लोमन्थाङका वस्ती पुर्याउँदा महंगो परेकोले लागत न्यूनिकरण गर्न विकल्पमा घरगाउँका सवै भाँडा प्रयोगगरी खाना पकाउन मिल्ने विधुतिय चुल्हो (इन्फ्रारेड) वितरण गरिएको लोमन्थाङ गाउँपालिकाले दावी गरेको छ ।
गाउँपालिकाले काठमाण्डौबाट खरिदगरी लोमन्थाङ पुर्याउँदा प्रति विधुतिय इन्फ्रारेड चुल्होको मुल्य तीन हजार ५ सय ५० रुपैयाँ परेको छ । पालिकाका बाँकी वडा १–३ सम्मका ३ सय ४० घरपरिवारलाइ चालु आवमै विधुतिय चुल्हृो वितरण गरिने पनि गाउँपालिका कार्यालयले जनाएको छ ।
‘लोमन्थाङमा खाना पकाउने एलपी ग्याँसको प्रति सिलिण्डर औसतमा तीन हजार पर्छ । तल सडकमा ढुवानी अवरुद्ध भएको बेला ३ हजार ५ सयसम्म पुग्छ । त्यो पनि समयमा नपाईने भएकोले उपभोक्ताले सास्ती पाएका थिए । त्यसैले सवै घरमा केन्द्रीय विधुतिकरण भएकोले विधुत पनि औषतमा नियमित रहेकोले विधुतिय चुल्हृो रोजेका हौं’ लोमन्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पौडेलले भने, ‘पालिकाले सतप्रतिशत अनुदानमा विधुतिय चुल्हृो खरिद गरी वितरण गर्न लागेको हो । काठमाण्डौको बजारमा पाईने मुल्यमै यहाँ ल्याएर चुल्हृो वितरण गरिएको हो ।’
त्यसैविच चिसोभूमि लोमन्थाङका प्रायः घरमा खाना पकाउन बाहेक पानी तताउन, शौचालय, वाथरुमा प्रयोग गर्न भने सौर्य उर्जा प्लान्टबाट चल्ने सोलारहिटर प्रयोग गरिएका छन । गाउँपालिका कार्यालय, विद्यालयहरु, प्रहरी चौकी समेत सरकारी कार्यालय, ठूलाहोटलहरुमा पावरब्याकको रुपमा सोलार विधुत नै प्रयोगमा छ । तस्वीर स्राेत ः छयुमी विष्ट गुरूङ

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
