- Loading...
जैविक तरकारी डौडे खानुकाे फाइदै फाइदा, कमाइ पनी मनग्य
- घनश्याम खड्का
- ६ महिना अघि
- ३२२ पटक पढिएको

म्याग्दीका जाँगरिला कृषकहरुले जंगली जैविक र मौषमी तरकारी डौंडे बेचेर मनग्य आम्दानी गर्न थालेका छन ।
खेतवारीका कान्ला र खोल्सामा आफै उम्रने जैविक र मौषमी तरकारी डौंडे वेचेर उनीहरुले २ लाखबढी आम्दानी गर्छन । जिल्लाका दुर्गम दोवा, हिदी, भर्जुला, कुहुं, झिं, पाखापानी, बेग, दग्नाम, दर्मिजा क्षेत्रबाट डौंडे तरकारी बजारमा आउने गरेको छ ।
‘दिनभर कृषकले जंगलमा गएर डौंडे खोज्छन । साँझ मैले सवैको जम्मा गर्छु । भोलीपल्ट सदरमुकाम पुर्याएर तरकारी ब्यापारीलाई बेच्छु र वेलुका पैसा लगेर कृषकलाई बाँड्ने गरेको छु । सिजनमा मेहिनती कृषकले ३–४ लाखसम्म मेरै हातले बुझाउँछु’ अन्नपूर्ण गाउँपालिका, १ दोवाका जीप चालक/डौडेको भोविन्द्र गर्वुजाले भने, ‘गाउँको कान्ला र खोल्सामा प्रशस्त पाईने डौंडेलाई गाउँलेले टिप्छन । कृषकबाट किनेर ढुवानी खर्च बाहेक केजीमा १५–२० रुपैयाँ नाफा जोडेर ब्यापारीलाई दिन्छु ।’
असार–भदौ तीन महिना आफै उम्रने र जस्ले जति सक्यो उत्ति टिप्न पाईने डौंडे बेचेर ३०–५० हजार रुपैयाँ गाउँका प्रायः घरले कमाउँछन । स्थानीय ब्यापारीले कृषकबाट प्रति केजी ५५–६० रुपैयाँमा किनेको डौडे सहरका उपभोक्ताको भान्सामा पुग्दा एक सयदेखी १ सय ३० रुपैयाँमा मुल्य पर्ने गरेको छ । असारमा भन्दा भदाै लागेपछि डाैडेकाे मुल्य क्रमशः घट्छ ।
मौषमी जैविक तरकारी गाउँलेको आम्रो आम्दानीको श्रोत बनेको छ । डौडे मात्र होईन, मौषम र भुगोल अनुसारको निउरो, ढकायो, च्याउ, टुसा वेचेर मेहिनती कृषकले राम्रै कमाउँछन । १ हजार ४ सय मिटरदेखी २ हजार मिटर सम्मको उचाईको क्षेत्रका पानी भएको ठाउँमा डौंडे उम्रन्छ । झाडी भै उम्रने वहुबर्षिय डौडेको मुनालाई जति टिप्यो उत्ती पलाउने गर्छ ।
पहाडी क्षेत्रमा मुना टिपेर तरकारी/अचारको रुपमा प्रयोग गरिने उन्यू प्रजातिको निउरोलाई उम्रने सयम, उचाई, रंग र आकारले लुते, माछे, काली निउरो र डौंडे गरी चार प्रकारका हुन्छन । लुते निउरो चैत–वैशाखको सुख्खा बारीको कान्लामा उम्रन्छ । यो निउरो चिल्लो र झुस हुँदैन । वैशाख अन्तिमदेखी जेठसम्म ओसिलो वनजंगलमा पाईने माछे निउरो हो । यो निउरोको मुनाको माथील्लो वेरिएरको भागको दुवैपट्टी कालो भुत्ला टाँसिएको हुन्छ । अचारको रुपमा बढी प्रयोग गरिने माछे निउरो पनि सिजनमा निक्कै विक्रि हुन्छ ।
निउरो तथा डौंडे खानुको फाईदा धेरै छन । पूर्ण जैविक तथा अर्गानिक तरकारी भएकोले विषादी रहित छ । पोषण विदहरुका अनुसार कोलेस्टोर एवं वोसोजन्य पदार्थ नहुने निउरोमा प्रोटिन, कयाल्सियम, भिटामिन ए लगाएत पोषक तत्व पाईन्छ । यो वालबालिका र गर्भवती महिलाकालागी अझ लाभदायक मानिन्छ ।
नेपाली भान्सामा अर्गानिक तरकारी/अचारको रुपमा स्वादमा कहलिएको डौंडे/निउरो टिप्न भने सजिलो हुँदैन । बर्खायामको झरीवालदमा जुकाको टोकाई सहेर खोल्साखाल्सीको झाडिमा पुग्नु पर्छ । सर्पले टोक्न सक्ने र अन्य वन्यजन्तुले आक्रमण गर्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ । निउरो स्वादिलो वनस्पती भएपनि पकाउन भने सीप चाहिन्छ । पकाउने तरिका नमिल्दा यो टर्रो स्वादको वन्छ । निउरोको तरकारी वा अचार जे पकाउँदा पनि अमिलो भने चाहिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
