Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

पर्यटकीय वस्ती घोरेपानी जोड्ने सडकमा यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २८६ पटक पढिएको
पर्यटकीय वस्ती घोरेपानी जोड्ने सडकमा यातायात अवरुद्ध

अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तब्य मध्यको घोरेपानी/पुनहिल जोड्ने सडक पहिरोले भत्केपछि यातायात अवरुद्ध छ ।
बेनी–जोमसोम सडक अर्न्नगत अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट दक्षिणपूर्व घोरेपानी/पुनहिल जोड्ने सडक सोही पालिकाका, ५ घोप्टेखर्कमा पछिल्लो एक महिनादेखी मोटरसाईकल वाहेकका ठूला सवारी साधन आवतजावत अवरुद्ध छ ।

c s
यातायात अवरुद्ध हुँदा पर्यटकीय वस्ती चित्रे, घोरेपानीमा खाद्यान्न समेत निर्माण सामाग्री ढुवानी गर्न, चित्रे, फलाटे क्षेत्रमा उत्पादन भएका आलु सहरमा ढुवानी गर्न र पुनहिल पुग्ने पर्यटककालागी समस्या भएको छ ।
१५ बर्ष अघि ट्रयाक खुलेको पोखरे–चित्रे–घोरेपानी सडकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित अर्न्तगत अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट सोही वडाको चित्रेसम्म १८ किमी ५ सय मिटर सव वेस/वेस र कालोपत्रे सडक स्तरमा बृद्धी गरेको थियो । ठेक्का सम्पन्न भएपनि काम भने गुणस्तरहीन हुँदा सडक स्तरउन्नत गरेको केही महिनामै सडक जीर्ण बनेको छ ।

त्यसैविच साेही पालिका, ५ शिखबाट पारी स्वाता जाेड्ने सडकमा शिखखाेला पुल छेउमा खसेकाे पहिराेले यातायात अवरूद्ध छ ।