- Loading...
म्याग्दीकाे पर्यटन प्रर्वद्धन गर्न एक लाख नगद पुरस्कारको फोटो प्रतियोगिता हुने
- पुनहिल डट कम
- ६ महिना अघि
- २६२ पटक पढिएको

म्याग्दीको प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले गृह जिल्ला म्याग्दीको पर्यटन प्रर्वद्धन गर्न खुल्ला फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उद्योग वाणिज्य संद्ध म्याग्दीको सहकार्यमा आयोजना हुन लागेको फोटो प्रतियोगितामा भित्रका धार्मिक, सांस्कृतिक तथा जनजीवन झल्कने र जिल्लाको पर्यटन प्रर्वद्धनमा योगदान दिन योग्य उत्कृष्ट फोटोलाई नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ५० हजार र २५ हजार पुरस्कार पाउने छन ।
म्याग्दी भित्रका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा तथा पर्यटकीय महत्व झल्कन योग्य छ भने जुनसुकै मिती, समय र परिवेशमा संसारभरको जो कसैले पनि मोवाईल, ड्रोन वा अन्य जुनसुकै क्यामेराले खिचेको फोटो, प्रतियोगितामा सहभागी हुन सक्ने आयोजक मोना अष्ट्रेलियाले शनिवार भिडियो मार्फत पत्रकारसम्मेलन गरी जनाएको हो । फोटोसँग कम्तीमा ५ सय शब्दको क्याम्पसन पनि अनिवार्य हुनु पर्ने छ ।
मोना अष्ट्रेलियाको फेसवुक पेजबाट सार्वजनिक गरिने फोटोलाई लाईक, शेयर र कमेन्टको आधारमा मुल्याङ्कन गरिने प्रवक्ता हिक्मत श्रेष्ठले बताए । भदौ १४ गतेसम्म फेसवुक म्यासेन्जर मार्फत फोटा पठाउन सकिने र भदौ १५ गते संस्थाले प्रतियोगी तस्वीर आफ्नो फेसवुक पेजबाट सार्वजनिक गर्ने र भदौ १९ गते उत्कृष्ट फोटो छनौट गरिने छ । प्रतियोगितामा एआईटुल प्रयोग भएका, इडिटेड र क्रप्टेड फोटाहरु प्रतियोगिताबाट स्वतः हटाईने आयोजकले उल्लेख गरेको छ ।
‘यो ब्यवसायीक पत्रकारहरुले खिचेका तस्वीरहरुको प्रतियोगिता हैन, वरु जिल्लाका सामान्य ब्यक्तिले पनि पर्यटकीय महत्वराख्ने आफ्ना गाउँठाउँको फोटो आफुसंग जुन, जस्तो क्यामेरा छ, त्यसैले खिचेको फोटोलाई संसारभरका दर्शकले रुचाउँछन, धेरै भन्दा धेरै ब्यक्तिले मन पराउँछन भने पुरस्कृत योग्य मानेका छौं’ मोना अष्ट्रेलियाका फोटो प्रतियोगिता संयोजक बाबुराम पौडेलले भने, ‘हामीले जिल्लाका पर्यटकीय गन्तब्य, संस्कृति र स्थलको धेरै भन्दा धेरै प्रचारप्रसार गर्ने उद्देश्य रहेकोले समयसीमा पनि राखेनौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
