FLASH NEWS
  • Loading...

उज्बेकिस्तानलाई हराउँदै महिला विच भलिवलमा नेपाललाई उपाधि

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २५९ पटक पढिएको
उज्बेकिस्तानलाई हराउँदै महिला विच भलिवलमा नेपाललाई उपाधि

नेपाली महिला टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलमा कमला पुन र मनीषा चौधरीको जोडीले उज्बेकिस्तान ए टोलीलाई २-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो।

नेपालले उज्बेकिस्तान ए  लाई २१-१७, २१-१४ ले पराजित गरेको हो।  सबै खेलमा अपराजित रहँदै नेपालले उपाधि जितेको हो। शनिबारै भएको सेमिफाइनलमा उज्बेकिस्तान बी टोलीलाई २१-१३, २१-१२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको थियो।

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमला पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो।