FLASH NEWS
  • Loading...

म्याग्दी लुलाङका हरि बहादुर बिककाे कतार करेन्ट लागेर मृत्यु

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १३७ पटक पढिएको
म्याग्दी लुलाङका हरि बहादुर बिककाे कतार करेन्ट लागेर मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका धवलागिरी गाउँपालिका, २ लुलाङका हरि बहादुर विकको कतारमै निधन भएको छ l आठ महिना पहिले कतार पुगेका ३१ वर्षीय विकको कार्यस्थलमा बिजुलीको करेन्ट लागेर निधन भएको म्याग्दी प्रवासी संघ (माेना)कतारले जनाएकाे छ ।

नेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौता गरेर कतार आएका उनको अगस्ट २१ तारिक बिहान सवा ९ बजे बजे मृत्यु भएको र विककाे शव बिहीबार साँझ नेपाल पठाउन लागिएको  मोना आइइसिका कोषाध्यक्ष तथा मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामीले जानकारी दिए ।