- Loading...
पोषक तत्वको कमीले पनि बढ्न सक्छ शरीरको तौल
- पुनहिल डट कम
- ६ महिना अघि
- २४७ पटक पढिएको

मोटोपनले अहिले धेरैलाई सताइरहेको छ । बदलिंदो जीवनशैली, असन्तुलित खानपान लगायत कारणले मोटोपन आम समस्या जस्तै बनिरहेको छ । अत्यधिक मात्रामा खानेकुरा खाँदा तौल बढ्ने गर्छ । तर शरीरमा पोषक तत्वको कमीका कारण समेत तौल बढ्न सक्छ ।
शरीरमा पोषक तत्वको कमी हुँदा मेटाबोलिज्मको प्रक्रियामा क्षति पुग्छ । कमजोर मेटाबोलिज्मका कारण तौल बढ्ने समस्या हुनसक्छ । साधारण भाषामा भन्दा हामीले खाएको खानालाई ऊर्जामा परिणत गर्ने प्रक्रिया नै मेटाबोलिज्म हो । खाएको खानालाई टुक्राउने र त्यसलाई नयाँ ऊर्जामा परिणत गर्ने काम पनि मेटाबोलिज्मले नै गर्छ । तौल नियन्त्रण गर्न मेटाबोलिज्मको महत्वपूर्ण भूमिका हुन्छ ।
भिटामिन डीको कमी
भिटामिन डीको कमी पनि मोटोपनको एक कारण हो । यसको कमी हुँदा शरीरको हार्मोनमा गडबडी हुन्छ, जसले मेटाबोलिज्मको कार्य सुस्त हुन पुग्छ । यसबाट हामीले खाएको खाना ऊर्जामा परिणत हुन सक्दैन र शरीरको तौल बढ्छ ।
आइरनको कमी
आइरनको कमीले रगतमा हेमोग्लोबिनको मात्रामा कमी हुन्छ । जसकारण शरीरमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन र मेटाबोलिज्म सुस्त हुँदा तौल बढ्न सक्छ ।
भिटामिन बी १२ कमी
भिटामिन बी १२ को कमीले पाचन प्रक्रिया गडबड हुन्छ । जसकारण मेटाबोलिज्मसहित शरीरका धेरै कार्यमा असर पुग्छ र तौल बढाउन सक्छ । यसको कमी हुन नदिन दूध, दही, अण्डा, मासु, माछाका साथै फलफूल र सागपात खान सकिन्छ ।
आयोडिनको कमी
आयोडिनको कमीले थाइराइडको समस्या निम्त्याउन सक्छ । थाइराइड हार्मोनको सामान्य स्तर कायम राख्नाले मोटाबोलिज्मलाई ठीकसँग काम गर्न मद्दत गरेर तौललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । यसको कमीले गलगाँड आउने, मानसिक क्षमतामा कमी, शारीरिक क्षमतामा कमी जस्ता असर देखिन्छन् ।
फोलेटको कमी
फोलेटको कमीले पनि तौल बढ्न सक्छ । फोलेटले शरीरमा रातो रक्तकोषिका र डीएनए बनाउँछ । रातो रक्तकोषिकामा हुने हेमोग्लोबिनले शरीरमा अक्सिजन प्रवाह गर्छ । यसको कमीले शरीरको ऊर्जा स्तर कम गर्न र मोटाबोलिज्म सुस्त बनाउने गर्छ । जसकारण शरीरमा तौल बढ्छ । फोलेटको कमीका कारण शरीरको क्रियाकलाप राम्रोसँग हुन पाउँदैन । फोलेटलाई भिटामिन बी ९ पनि भनिन्छ । फोलेटको कमीले थकान, कमजोरी, मुखभित्र घाउ आउने र स्मरणसँग सम्बन्धित समस्या देखिन थाल्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
