- Loading...
मन्त्री दिपक मनाङेलाई कारवाही गर्न पत्रकारकाे माग
- पुनहिल डट कम
- ६ महिना अघि
- २३७ पटक पढिएको

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री राजिब गुरुङ (दीपक मनाङे) लाई कारवाही गण्डकीका पत्रकारहरूले माग गरेका छन ।
मन्त्री गुरुङका पछिल्ला गतिविधिले लोकतान्त्रिक व्यवस्थाप्रतिको भद्धा मजाक गरेकाे भन्दै संसदीय पत्रका मंच गण्डकीकाे अगुवाईमा पत्रकारका विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको टोलीले सोमबार कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापालाई ध्यानाकर्षण गराएका हुन । मंचका अध्यक्ष भरत कोइरालाले ध्यानाकर्षण पत्र बुझाउदै कारवाहीको माग गरेका हुन ।
‘नैतिकताको आधारभूत सिद्धान्तको समेत पालना नगरी, जिम्मेवार मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्री बस्त्रमात्र लगाएर मन्त्रालयको कुर्चीमा बस्नु अशोभनीय कार्य हो’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पदीय मर्यादाका साथमा नैतिक मूल्य र मान्यताका बारेमा मन्त्री आफै पनि सचेत हुनुपर्ने हो । त्यसका अतिरिक्त नेपाल सरकार र नेपालका कानुनलाई समेत आधार मानेर गण्डकी प्रदेश सरकारले मन्त्रीपरिषद्का सदस्यहले पालना गर्नुपर्ने आचारसंहिता २०७४ चैत २ गते प्रदेश मन्त्रिपरिषद्बाट जारी भएको सन्दर्भ स्मरण गराउँछौ ।’ ३० बुँदे आचारसंहिताको बुँदा नम्बर १२ मा ‘आफ्नो मन्त्रालयमा जाँदा वा औपचारिक कार्यक्रममा उपस्थित हुँदा भड्किलो रुपमाले प्रस्तुत हुने वा मद्यमान गर्नु हुदैन’ भन्ने छ ।
नैतिक आचरण ख्याल नगरी आचारसंहितनासमेत कुल्चिदै मन्त्रालयमा अभद्रशैलीमा उपस्थित भएको तस्बिरसहितको समाचार लेखेका अमृत सुवेदीको नामै किटेर मन्त्रीबाट आएको अभिव्यक्तिले पत्रकारलाई त्रसित बनाएको भन्दै ध्यानाकर्षण पत्रमा यो स्वतन्त्र प्रेसमाथिको नांगो हस्तक्षेप भएको जनाइएको छ । यस अघि पनि गण्डकी प्रदेश सभा र अन्य सार्वजनिक कार्यक्रमहरुमा पत्रकार लक्षित गुरुङका अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको स्मरण पत्रमा गरिएको छ ।
हरेक लाेकतान्त्रिक आन्दोलनमा मुलुकुको व्यवस्था र अवस्था परिवर्तनकालागि क्रियाशील पत्रकारिता जगतमाथि हुने यस्ता खालका व्यवस्हार सह्य नहुने भन्दै मंचले संघीय शासन व्यवस्थाको सुदृढिकरणका लागि पत्रकारित क्षेत्रबाट हुदै आएको अभ्यासलाई गण्डकी प्रदेश सरकारले बिर्सन नहुने पत्रमा उल्लेख गरिएको छ । ‘अतः मन्त्री गुरुङले पत्रकारको नामै किटेर दिएको अभिव्यक्तिप्रति गण्डकी प्रदेश सरकारको धारणा सार्वजनिक गर्न मंच ध्यानाकर्षण गराउँछ’ पत्रमा छ, ‘साथै नैतिक आचरणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री राजीव गुरुङलाई तत्काल कारवाही गर्न गण्डकी प्रदेश सरकार समक्ष माग गर्दछौ ।’
ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापाले यसमा ध्यानाकर्षण भएको बताए । उनले यस विषयमा मन्त्री गुरुङसंग छलफल गर्दा आफुले गल्ती गरेको महशुष गरेको र आइन्दा नदोहोराउने भनेको पत्रकारहरुसमक्ष थापाले बताए । प्रदेश सरकार स्वतन्त्रत्र प्रेस र पत्रकारहरुको सुरक्षाप्रति संवेदनशील रहेको उनले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
