- Loading...
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु, क्याप्टेन मनिषरत्न शाक्यकाे उपचार हुँदै
- पुनहिल डट कम
- ७ महिना अघि
- १००६ पटक पढिएको

तस्वीर ः उकेराबाट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
विमानमा सवार १९ जनामध्ये १८ जनाको शव निकालिएको र एक जनालाई जीवितै उद्धार गरिएको र उनके अस्पतालमा उपचार भैरहेके नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
उद्धार गरिएका विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल सिनामंगल लगिएको छ।
यसअघि नेपाल प्रहरीले १५ जनाको मृत्यु भएको र चार जना अस्पतालमा रहेको बताएको थियो। उसले तीन जना त्रिवि शिक्षण अस्पताल र बाँकी एक जना केएमसी अस्पतालमा रहेको जनाएको थियो।
बुधबार विहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाईन्सको ९एन-एएमई कलसाइन रहेको विमान उड्ने बितिकै दाहिनेतिर मोडिएर पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनापछि तत्काल उद्धार कार्य शुरू गरी आगो नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
