- Loading...
बेनी–जोमसोम यातायात जोखिमपूर्ण, पहिरोको सही सूचना नपाउँदा यात्रुलाइ सास्ती
- पुनहिल डट कम
- ७ महिना अघि
- २५२ पटक पढिएको

रघुगंगा गाउँपालिका, २ सिरुवारीमा खसेको पहिरोले बेनी–जोमसोम सडकमा विहानै देखी दिनभर यातायात अवरुद्ध हुँदा हजाराैं यात्रुले भाेकप्यास सास्ती पाए ।
पहिरोले यातायाात अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतिय, तेस्रो मुलुकका पर्यटक समेत सयौं यात्रु विच बाटोमा अलपत्र परेका छन ।
यातायात अवरुद्ध हुँदा भारतको तमिलनाडुबाट मुक्तिनाथ दर्शन गर्न आएका ३० जना महिलासमेत एक सय ५० जना र इजरायल, अमेरिका समेतबाट मुस्ताङ भ्रमणमा आएका १४ जना पर्यटक विहानै देखी बेनी–जोमसोम सडकको गलेश्वर–बैसरी खण्डको जंगलमा अलपत्र परेका छन ।
‘विच बाटोमा आएर पहिरोमा रोकिएका छौं । हिजोदेखी नै पहिरोले यातायात अवरुद्ध रहेछ, हामीले पोखरा वा शहरमा यो जानकारी पाएको भए, हामीजस्ता पर्यटकले सास्ती खेप्नु पर्ने थिएन । यात्राबाट हतोत्साही हुनु पर्ने थिएन’ भारतको तमिलनाडुबाट आएकी ममता खेतानले भनिन, ‘पहिरो ठूलो छ तर पहिरो पन्छ्याउने काम ढिलो भएको छ । एउटा सानो स्काभेटरले यत्रो पहिरो कहिले बाटो खुल्ला । अघि जाने कि फर्कने दोधारमा छौं ।’
पहिरोले यातायात अवरुद्ध भएपछि भारतीय पर्यटकहरुको समुहले सडक किनारामै खाना पकाएर खाएका छन । तर वस्ती नभएको जंगलमा अलपत्र परेका तेस्रो मुलुकका पर्यटक, मुस्ताङ भ्रमणमा आएका नेपाली पर्यटक र पोखराबाट घर फर्कदै गरेका सयौं मुस्ताङ्गी भने सडकममै भोकै अलपत्र परेका छन । बेनी–जोमसोम–कोरला सडकको बेनी–घाँसा ४१ किलोमिटर खण्ड पहिरोले छियाछिया हुँदा दैनिके यातायात अवरुद्ध हुने गरेको छ ।
घाम–पानीको रुटिनमा चल्ने यातायात पनि उच्च जोखिमपूर्ण रहेको छ । सडकको पहिरोग्रस्त क्षेत्रमा घाम लाग्दा डोजर/स्काभेटरले पहिरो पन्छ्याएर यातायाात सुचारु गर्ने र पानी पर्दा पहिरोले पुनः यातायात अवरुद्ध हुनेक्रम दैनिक भैरहेको छ ।
‘जंगलको विचमा पहिरोले यातायात अवरुद्धहुँदा हजारौं यात्रु अलपत्र छन । तर सुरक्षा निकायको कुनै उपस्थिती छैन । कम्तीमा प्रहरीले पहिरोको अवस्था र खुल्न लाग्ने समय बताई गाडी खाना, खाजा पाईने ठाउँमा रोक्ने ब्यवस्था भए यात्रु जंगलमा भोकै पर्ने थिएनन’ पोखराबाट गाउँ फर्कदै गरेकी मुस्ताङको लोमन्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी विष्ट गुरुङले भनिन, ‘राज्यको श्रोतसाधनले शिघ्र पहिरो पन्छ्याउन सकिएन । यात्रुलाई सहि सूचना त राज्यले समयमै दिनु पर्यो नि ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी–जोमसोम सडकको बैंसरी, सिरुवारी, कुईनेटो, महभीर, गुईठे र दाना क्षेत्रमा पानी पर्यो भने पहिरोले यातायात अवरुद्ध हुने निश्चित नै हुन्छ । ‘बैंसरीको पहिरो पहाडको टुप्पोबाट खस्ने भएकोले बृहत रोकथामको योजना नबनाई पहिरो रोकिने देखिन्न’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले भने, ‘बेनी–जोमसोम सडकमा खास काम नभै यात्रा नगर्नु उत्तम हुन्छ । र यो सडकमा आउनु पूर्व जानकारी लिएर मात्र निक्लनु उपयुक्त हुन्छ ।’
बेनी–जोमसोम ९१ किमी सडक मध्य पहिरोको जोखिमयुक्त बेनी–घाँसा ३८ किमी क्षेत्रमा कम्तीमा ३५ स्थानमा पहिरो छन । ति मध्य १० वटा अति जोखिमयुक्त हुन । पहिरोमध्य अन्धगल्छीमा पर्ने दानाको गुईठे, महभीर, सिरुवारी र बैसरी पहिरोले बढी हैरानी गरेको छ ।
‘पहिरो पन्छ्याउने ४० किमी दुरीमा दुई वटा डोजर तयारी अवस्थामा छन, वल्लो छेउमा पहिरो पन्छ्याउन नपाउँदै पल्लो छेउमा अर्को पहिरो गैसकेको हुन्छ । हैरान नै छ’ सडक विभागका साईड सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘अर्न्तरदेशिय महत्वको सडक भएकोले बेनी–जोमसोम सडक खण्डमा यातायात नरोक्ने निर्देशन भएकोले रातदिन पहिरो पन्छ्याउन लागेका छौं ।’
ठूलो बर्षा नभएपनि अन्नपूर्ण, निलगिरी र धौलागिरी हिमालमो फेदीमा पर्ने भएकोले बेनी–घाँसा खण्डमा निरन्तर बर्षा भने भैरहन्छ । जिल्लामा सवैभन्दाबढी पानी पनि यही क्षेत्रमा पर्छ । बेनी–जोमसोम सडक खण्डमा मात्र होईन सदरमुकामबाट पश्चिम चल्ने बेनी–दरवाङ्ग–ताकम सडकमा समेत पहिरोले सोझो यातायात अवरुद्ध छ । यस सडको तातोपानीको घुमाउने र दरवाङको बाङ्गेपहिरो खण्डमा निरन्तर पहिरो झर्ने गरेकोले सोझो यातायात अवरुद्ध भएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
