- Loading...
म्याग्दीमा पनि पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइयाे
- पुनहिल डट कम
- ७ महिना अघि
- २३२ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले बेनीमा विचार गेष्ठी गरी पुष्पलालके योगदानको सम्झना गर्याे । बेनीमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक विचार गोष्ठीमा बोल्ने वक्ताले हालको राजीतिक परिस्थितिमा पुष्पलालका विचारकाे चर्चा गरे । कार्यक्रममा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र जिल्ला अध्यक्ष बालकृष्ण सु्वेदीले नेपालको राजनीतिक आन्दोलनमा पुष्पलालको योगदानका चर्चा गरेका थिए ।
त्यस्तै एमाले मंगला गाउँपालिका कमिटीले साेही पालिका, २ कोत्रबाङ्गमा वृक्षरोपणसँगै पुष्पलालकाे विचार, संगठन र याेगदानकाे स्मरण गरेकाे जनाएकाे छ ।
यसैबीच पुष्पलालको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल प्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधामनन्त्रीले पुष्पलाल विचार सही सावित भएको बताए। निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिस्ट र कांग्रेस मिलेर लड्नु पर्ने पुष्पलालको विचार सही साबित भएको उनले उल्लेख गरे ।
पुष्पलाल र सहाना प्रधान मिति नखुलेको तस्बिर
पुष्पलालले तत्कालीन निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो । भने विसं २०३५ साउन ७ गते भारतमा अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो।
जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो। विसं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
