- Loading...
फ्रान्सकाे संसदीय निर्वाचनमा फ्रान्स कम्युनिष्ट पार्टीलाई १० सीट, देखिने गरी उदायाे
- पुनहिल डट कम
- ७ महिना अघि
- २३९ पटक पढिएको

फ्रान्सको संसदीय चुनावमा फ्रान्स कम्युनिष्ट पार्टी देखिने शक्तीकाे रूपमा उदाएकाे छ । फ्रान्सकाे ५ सय ७७ सिटको राष्ट्रिय सभामा फ्रान्स कम्युनिष्ट पार्टी समेत वामपन्थी गठबन्धनले १८२ सिट जितेको छ । वामपन्थी दलहरू मिलेर ३ हप्ताअघि मात्र उक्त गठबन्धन बनाएका थिए । वामपन्थी, कम्युनिष्ट तथा वातावरणवादी दलहरूको साझा गठबन्धन न्यू पपुलर फ्रन्टले सबैभन्दा धेरै सीटसहित विजयी भएसँगै कम्युनिष्टहरूको पनि शक्ति बढेको छ ।
न्यू योर्क टाइम्सका अनुसार फ्रान्सेली सदनमा कम्तीमा १० सीट कम्युनिष्ट हुने देखिएको छ । बीबीसीका अनुसार न्यू पपुलर फ्रन्टको सीट १८२ आएको छ । त्यसमा अन्य वामपन्थी दलहरूको सीट १३ पनि छ । फ्रान्सजस्तो देशमा कम्युनिष्ट दलहरुको निर्वाचनबाट पुनःउदाउन थालेका हुन ।
१५३ वर्ष पुरानो त्यो पेरिस कम्युन
कम्युनिष्ट पार्टीको घोषणापत्र सबैभन्दा पहिलोपटक सन १८४८ मा सार्वजनिक भएको थियो । कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले उक्त घोषणापत्र लण्डनमा सार्वजनिक गरेका थिए । त्यसको दुई दशक पछि नै फ्रान्समा कम्युन बनाएका थिए कम्युनिष्टहरूले । नेपालका प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणभन्दा दुई वर्ष अगाडिको ऐतिहासिक घटना हो यो ।
कम्युनिष्ट पार्टीको घोषणापत्र सार्वजनिक भएपछि विश्वभर कम्युनिष्टहरू उत्पादन हुन थाले । कम्युनहरू बन्न थाले । रोजा लग्जमबर्ग फाउण्डेसनका अनुसार पेरिसमा कम्युन स्थापना गर्नमा फ्रान्सका राज्यसत्ता कब्जा गरेर दुई महिना अभ्यास भएको थियो ।
सन् १८७१ मार्च १८ देखि मे २८ सम्म यो सञ्चालन भएको थियो । पछि पुनः युद्धमा पराजित भएर यो बन्द भएको थियो ।
१०३ वर्ष पुरानो फ्रान्स कम्युनिष्ट पार्टी
सन १९२० मा स्थापना भएको हो फ्रान्स कम्युनिष्ट पार्टी । सन १९४६ को चुनावमा त यसले सबैभन्दा धेरै सीट ल्याएको दि फ्रान्स हिट्री पडकास्टले उल्लेख गरेको छ । सन १९५८ सम्मै यो दलका सबैभन्दा धेरै सदस्य भएको उक्त पडकास्टले उल्लेख गरेको छ ।
रोचक कुरा यो छ कि फ्रान्स कम्युनिष्ट पार्टीले छ दशकसम्म मात्रै मार्क्सवाद र लेनिनवाद प्रयोग गर्यो । सन् १९७९ मा भएको २३ औँ महाधिवेशनबाट फ्रान्स कम्युनिष्ट पार्टीले मार्क्सवाद र लेनिनवाद लेख्न छोडेर वैज्ञानिक समाजवाद लेख्न सुरू गरेको देखिन्छ । फ्रान्स कम्युनिष्ट पार्टी फ्रान्स तथा युरोपका वामपन्थी तथा समाजवादी दलहरुसँग मिलेर गठबन्धनमा विभिन्न मुद्धामा सहकार्य गर्दै आएको दल हो ।
फ्रान्स कम्युनिष्ट पार्टीका महासचिव फाबियन रसेल छन् । ५५ वर्षका महासचिव फाबियन सन २०१८ बाट पार्टीको नेतृत्वमा आएका हुन् । उनी त्योभन्दा एक वर्ष अगाडि भएको संसदीय चुनावबाट सांसद चुनिएका थिए । सन २०२२ मा भएको राष्ट्रपतीय चुनावमा उनी पहिलो चरणबाटै बाहिरिएका थिए । २।२८ प्रतिशत मत ल्याएका उनी आठौं स्थानमा आएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
