FLASH NEWS
  • Loading...

म्याग्दीमा समुदाय-प्रहरी साझेदारी कार्यक्रममा ६७ हजारबढी नागरिक सहभागी

  • पुनहिल डट कम
  • २ महिना अघि
  • ७६ पटक पढिएको
म्याग्दीमा समुदाय-प्रहरी साझेदारी कार्यक्रममा ६७ हजारबढी नागरिक सहभागी

जिल्ला प्रहरी कार्यालय म्याग्दीले  शनिवार बेनीमा नागरिक सुनुवाइ कार्यक्रम गरेकाे छ । नागरिक सुनुवाइ कार्यक्रममा कार्यालयबाट सम्पादन गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको थियाे ।

सार्वजनिक गरिएकाे विवरणामा अाव ०८०/८१ मा जिल्ला प्रहरी कायार्लयले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी अन्तर्गत संञ्चालित २ हजार १ सय ४६ वटा लघु सचेतना कार्यक्रममा ६७ हजार ३ सय ८६ जना जिल्लाबासी सहभागी भएका थिए । त्यस्तै गत अाव प्रहरीले छुट्टै १ हजार ३ सय ४४ पटक ग्रामीण गस्ती गरिएको छ ।

गत अावमा जिल्ला प्रहरी कार्यालयमा  १ सय २ थान मुद्दा दर्ता भएकोमा जम्मा ४५ थान मुद्धा मात्र फस्र्योट गरेकाे छ । मुद्धा फस्याैट संख्या हेर्दा जिल्ला प्रहरी कार्यालयमा ढिलासुस्ती माैलाएकाे देखाउँछ ।

यस्तै फैसला कार्यान्वयन तर्फ अदालतबाट दाेषी करार भै फरार रहेका २६ जना प्रतिवादी पक्राउ गरी ८४ लाख ९७ हजार ९ सय ८४ रुपैयाँ जरिवाना असुलउपर गरेकाे प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले कार्यक्रममा बताए ।

नागरिक सुनुवाइ कार्यक्रममा उपलब्ध गराइएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीद्वारा आ.ब. २०८०/०८१ मा सम्पादन गरिएको कार्य प्रगति विवरणः-

१. समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लघु संचेतना कार्यक्रम तथा ग्रामिण गस्तीः-
 जम्मा कार्यक्रम संख्याः- २१४६ वटा ।
 जम्मा लाभान्वित संख्याः- ६७,३८६ जना ।
 ग्रामिण गस्तीः- १३४४ पटक
२. मुद्दाको अवस्था :-
 मुद्दा दर्ता संख्या :- १०८ वटा ।
 मुद्दा फर्च्यौट संख्या :- ४५ वटा ।
 बाँकी मुद्दा :- ६३ वटा ।
 फैसला कार्यान्वयन तर्फ पक्राउ संख्या :- २६ जना ।
 जरिवाना :- रु. ८४,९७,९८४ ।-
 कैद सजाय :- २७ बर्ष ९ महिना २३ दिन ।
३. ट्राफिक कारवाहीको प्रगति विवरण;-
 कारबाहीको विवरण :- ९१५० बाट रू. ६८,८८,००० ।-
 ट्राफिक जनचेतना मुलक कार्यक्रम :- ९३६ वटा लाभान्वित संख्या ६५,००७
जना ।
 सवारी दुर्घट्ना संख्या :- २२ वटा ।
 दुर्घट्नाबाट मृत्यु :- १० जना ।
 घाईते :- ३० जना ।
 मा.प.से. कारवाहीः- ३५८ कारबाही रू ३,८८,००० ।-
४. महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र :-
 घरेलु हिंसा सम्बन्धी उजुरी एवं उजुरीका आधारमा गरिएको कारवाहीको
संख्यात्मक विवरण:-

 उजुरी पर्न आएको संख्या :- १७ वटा ।
 मिलापत्र संख्या :- १७ वटा ।
 बाँकी संख्याः- शुन्य ।

 महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध भएका ठाडो उजुरी एवं
कारबाहीको संख्यात्मक विवरण :-
 उजुरी पर्न आएको संख्या :- ८ जना ।
 मिलापत्र भएका संख्या :- ८ जना ।
 बाँकी संख्या:- शुन्य
 हराएका पुरुष, महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको संख्यात्मक
विवरण:-
 हराएका मानिसको संख्याः- ४८ जना ।
 फेला परेको संख्या :- ३५ जना ।
 फेला नपरेको संख्याः- १३ जना ।

४. अन्य उपलब्धी मुलक कार्यहरु
बरामद लागूऔषध

५ ८ ७ के.जी.१८ ग्राम गाजाँ, ४ के.जी.४६ ग्राम चरेश, Tramadol-
९०० क्याप्सुल, Spasmo-१०० र Antikof-५० ट्याब्लेट ।