FLASH NEWS
  • Loading...

चिमखाेलामा पहिरोले ४ घरपरिवारका विस्थापित

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ५१७ पटक पढिएको
चिमखाेलामा पहिरोले ४ घरपरिवारका विस्थापित

रघुगंगा गाउँपालिका, ७ चिमखोलाको गैहृावारी भन्ने ठाउँमा वुधवार दिउँसो २ बजे पहिरो जाँदा ५ घर उच्च जोखिममा परेका छन ।
पहिरोमा परि नर्सिङ गर्वुजाको गोठसहित १२ वटा बाख्रा, डेकबहादुर पुनको गोठ पुरिएकाृ छ । त्यस्तै, चिमखोला फर्निचरसहित सामुदायीक भवन, ढिकीजाँतो घर पूर्ण रुपमा भत्केको वडाध्यक्ष थकप्रसाद (रिम) पाईजाले बताए ।


वडाध्यक्ष पाईजाका अनुसार पहिरोको उच्च जोखिममा परी विस्थापित भएका ४ घरपरिवारका २५ जनालाई सुरक्षित स्थानका आफन्तको घरमा स्थानन्त्रण गरिएको छ । पहिरोले नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पनि बगाएको छ । तस्वीर ः रीम पाइजाकाे फेसबुकबाट