- Loading...
दुवै हात नभएकी म्याग्दीकी पवित्राले ल्याईन एसईईमा ३.१२ जीपिए
- पुनहिल डट कम
- ७ महिना अघि
- ९५८ पटक पढिएको

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङकी दुवै हात नभएकी पवित्रा बिकले विहीबार प्रकाशित एसईईको नतीजा अनुसार ३.१२ जीपिए ल्याएर उत्तीर्ण भएकाे पाेखराबाट प्रकाशित ढाेरपाटन अनलाइन संकरणमा समाचार प्रकाशित छ । पवित्रा रामबजारस्थित एस ओ एस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी भएकी थिइन ।
पोखराको फलेपाटनस्थित सिद्ध मावि परीक्षा केन्द्रमा विद्यालयले उपलब्ध गराएको सहयोगीको भरमा पवित्राले परीक्षा दिएकी थिइन । ९ कक्षामा पढ्ने सहयोगी बिभूती पाण्डेले उनलाई सहयोग गरेकी थिइन ।
पवित्राले अव अंग्रेजी विषय लिएर शिक्षा संकाय पढ्ने बताइन । तर परिवारको आर्थिक अवस्था नाजुक छ । उनी अहिले एक चर्चमा आवद्ध भएकी छन । उसले ११ र १२ कक्षा उत्तीर्णपछि कोरिया लैजाने भनेकाले शिक्षा विषय रोजेकी हुन । आमा कृष्णाका अनुसार पवित्रालाई कोरियन भाषा पनि पढाउने योजना छ । ‘अव कसरी पढाईलाई निरन्तरता दिने भन्ने विषयमा एस ओ एस स्कुलमै गएर सरहरुसंग छलफल गर्छु’ कृष्णाले भनिन्, ‘बाउले हेर्दैनन । मसंग छोरीलाई पढाउने उपाय केही छैन ।’
एस ओ एस हर्मन माइनर स्कुलका प्रधानाध्यापक चुडामणी सुवेदीले पवित्रको आगामी पढाईका विषयमा परिवारसंग बसेर छलफल गर्ने बताए । एस ओ एस बालग्रामको फ्याम्ली सपोर्ट कार्यक्रम मार्फत पवित्राको पढाईलाई सहयोग गर्ने योजना रहेको उनले सुनाए । हालसम्म पवित्राले उक्त स्कुलमा निशुल्क अध्ययन गर्दै आएकी थिइन ।
पवित्राको देब्रे हातै छैन । कुहिनासम्म ठिकै रहेको र त्यसपछि एउटा सानो औलामात्रै बनेर निस्किएको छ दाहिने हात पनि । त्यसबाहेक अरु शारीरिकरुपमा उनि दुरुस्त छिन । हात नभए पनि उनले खुट्टाको औंलाको सहायताले कलम च्यापेर लेखेर अहिले एसईई उत्तीर्णसम्मको अवस्थामा आएकी हुन । खुट्टाले पेन्सिल तिखार्दै र कापी कितावका पानी फर्काउँदै उनले पढिन र लेखिन । स्कुलले बसेर खुट्टाले लेख्न मिल्ने गरी टेबुलको व्यवस्था मिलाएको थियो । बाबुआमाको बेमेलबीच पनि उनले हिम्मत हारिनन् । र अहिले यो अवस्थासम्म आइपुगिन । उनले एकाधबाहेक सबै काम खुट्टाले गर्छिन । उनले देब्रे खुट्टाको बुढी र माइली औलाले कलम च्यापेर लेख्छिन् । एसओएस बालग्राम गण्डकीले रोटरी क्लब अफ अन्नपूर्णसंगको सहकार्यमा उनलाई निशुल्क पठनपाठनको व्यवस्था मिलाएको हो ।
रोटरीले आमा कृष्णालाई सिलाइकटाइको तालिमसंगै मेशिन पनि दिएको थियो । तर त्यसले धानिन गाह्रो भएपछि केहीसमय उनी विदेशिएकी थिइन । दुवै हात नभएपछि कृष्णा छोरीको भविष्यका लागि भन्दै पोखरा आएकी थिईन । गाउँमा स्कुल टाढा रहेको र खुट्टाले लेख्नुपर्ने भएपछि उनी पोखरा आएकी हुन । दिदीको घरमा बस्ने बेला हात नभएकी बालिका भनेर सार्वजनिक भएपछि रामबजारका निरज थापाले सुरुमा थाहा पाएपछि एसओएसमा पढाउन लगिएको हो । पोखराको हेरालो प्रतिष्ठानले पनि उनको पढाईमा सहयोग गर्दै आएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
