- Loading...
बेनी–जोमसोम सडकका चार वटा ‘अति जोखिमयुक्त’ र पाँच वटा ‘जाेखिमयुक्त’ पहिरा
- घनश्याम खड्का
- ८ महिना अघि
- ४२३ पटक पढिएको

मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले बेनी–लेते सडक खण्डमा झरेका ३५ वटा फहिरामध्य ९ वटा ‘जोखिमयुक्त’ र ४ वटालाई ‘अति जोखिमयुत्त’ घोषणा गरेको छ ।
आयोजनाका अनुसार बेनी–लेते ३८ किलोमिटर खण्डमा ३५ वटा सानाठूला पहिरा छन । ति मध्य वैसरी पहिरो, सिरुवारी पहिरो, गुईठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा हुन । त्यसैगरी गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरा हुन ।
‘बेनी–जोमसोम सडकमा पर्ने पहिरोहरुको जियोलोष्टिहरुबाट पहिरोको अध्ययन भैरहेको छ’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख ध्रुव झाले भने, ‘अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुईठे र खामभित्ता पहिरोमा जमिनभित्र मुल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकोले अति कम्प्लेक्स देखिएकोले पहिरो भित्र पाईपहरु छिराएर होरिजेन्टल ड्रेन मार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना छ ।’
आयोजना प्रमुख झाले थपे, ‘जियोलोजिष्टहरु समेत २० जना विभिन्न विषयका विज्ञहरुले पहिरो नियन्त्रण गर्न होरिजेन्टल ड्रेनदेखी रिटेनिङवाल, ब्रेष्टवाल, क्यास्केटिङवाल, रक एङ्करिङ, स्वायल नेल, वायोइन्जिनियरिङ समेत कम्तीमा ९ वटा पहिरो उपचार विधी सुझाएका छन ।’
मनसुन सुरु भएपपछि बेनी–लेते खण्डका यी पहिरोहरुले दिनमा कहीं न कहीं यातायात अवरुद्ध हुन्छन । पहिरोग्रस्त भीरमाथीबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन ।
अर्न्नपूर्ण र धौलागिरी हिमालको विचबाट बग्ने कालीगण्डकी नदी कटानले संसारकै गहिरो ‘अन्धगल्छी’ चट्टानी पहिरोको उच्च जोखिम क्षेक्र हो । र यही अन्धगल्छीबाट कालीगण्डकी नदी किनारै किनार राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला सडक सडक विस्तार कार्यत्रम चालु छ । यो क्षेत्र कालीगण्डकी नदी तटिय वस्तीकालागी सँधैको त्रास पनि हो ।
आयोजनाका इन्जिनियरहरुका अनुसार भीरपहराबढी भएको यस क्षेत्रमा सडक खन्दा अतिबढी रक ब्लाष्टिङ भएको तर विष्फोटन पछि गरिनु पर्ने ट्रिटमेन्ट नभएकोले बर्षेनी भीरपहरा फुटेर खस्ने, ‘रक फल’ समस्या देखिएको हो ।
‘हामीले पहिला सडक छिटो खन्ने र कम लागतमा काम गर्ने ध्याउन्न मात्र दियौं, रक ब्लाष्टलाई प्राथमिकता दियौं, ट्रिटमेन्टमा ख्याल पुगेन वा लागत कम गर्ने सोचियो । अहिले निरन्तर रकफल र ल्याण्डस्लाईड भैरहँदा लागत बढेको बढ्छै, मान्छेको ूज्यान पनि अति जोखिममा परेको छ’ आयोजना प्रमुख झाले अहिले हामी पहरा फोड्न पनि ब्रेकर वा केमिकल प्रयोग गर्ने, अति नभै ब्लास्ट गरेका छैनौं ।’
आयोजनाले १० वटा पहिरोको रोकथाम गर्न औषत ६ करोडको दरले ६० करोडबढी लागत लाग्ने पूर्वानुमान गरेको छ । यद्यपी पहिरोहरुको भौगर्भिक अध्ययन चलिरहेकोले लागत इष्टिमेट तथा डिपिआर भने निर्माण भैसेको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
