- Loading...
मालिका गाउँपालिकाकाे बजेट करिव ४८ कराेड पारित
- पुनहिल डट कम
- ८ महिना अघि
- ३०० पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिकाले अार्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र ४७ कराेड बढीकाे बजेट ल्याएकाे छ ।
शुक्रबार दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सम्पन्न गाउँसभाकाे १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरपुनले पेस गरेकाे आव २०८१/०८२ का लागि चालुतर्फ ३१ करोड पाँच लाख ५५ हजार र पुँजीगततर्फ १६ करोड ६८ लाख ८५ हजार रुपैयाँ गरी कुल ४७ करोड ७४ लाख ४० हजार रुपैयाँको बजेट पारित गरेकाे छ ।
मालिका गापाकाे बजेटमा संघीय सरकार समानीकरण अनुदानतर्फ ८ करोड ४१ लाख रुपैयाँ,संघीय सरकार सशर्त अनुदान (चालुतर्फ) १९ करोड ११ लाख रुपैयाँ ,संघीय सरकार राजश्व बाँडफाँडतर्फ ९ करोड ,संघीय सरकार सशर्त अनुदान (पुँजीगततर्फ) एक करोड पचास लाख,संघीय सरकार विशेष अनुदान (पुँजीगत) एक करोड ४५ लाख रुपैयाँ,संघीय सरकार समपुरक अनुदान २ करोड रहेकाे छ । त्यस्तैगण्डकी प्रदेश सरकार समानीकराण अनुदातर्फ एक करोड ५ लाख ३५ हजार, गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ ५७ लाख पाँच हजार ,गण्डकी प्रदेश सरकार विशेष अनुदानतर्फ चालिस लाख रुपैयाँ,गण्डकी प्रदेश सरकार समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ, गाउँपालिकाको आन्तरिक आयतर्फ एक करोड र अनुमानित संचित कोष अल्या हुने रकम चार करोड रुपैयाँ अनुमानित आय रहेको छ ।
मालिका गापाले स्थानीय मदिरा (लोकल रक्सी) लाई ब्रान्डिङ गर्न १४ लाख रुपैयाँ विनियोजन गरेको छ । अधिवेशनले सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले पेस गरेकाे खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी विद्येयक २०८१, उपाध्यक्ष लक्ष्मी घर्तीले पेस गरेकाे आर्थिक विद्येयक २०८१, न्यायीक समितिको २०८०/०८१ को प्रतिवेदन पनि पास गरेकाे गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
