- Loading...
जलजलाले गर्यो ५० करोडबढीको बजेट सार्वजनिक
- पुनहिल डट कम
- ८ महिना अघि
- ४३२ पटक पढिएको

म्याग्दीसीमावर्ती जलजला गाउँपालिका, पर्वतले आव ०८१/०८२ को बजेट, निती तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
जललजा गापाको बुधवार वारीबेनी स्थित ज्ञानगौरी रिसोर्टमा सम्पन्न गाउँ सभाको १८ औं गाउँ अधिवेशनमा पालिका उपाध्यक्ष दीपक आचार्यले संघ/प्रदेश सरकारबाट प्राप्त हुने समन्यीकरण तथा सर्सत अनुदान, राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आय एवं मौजादगरी ५० करोड ४ लाख १३ हजारको बजेट सार्वजनिक गरेका हुन ।
त्यसैगरी प्रस्तावित ब्यय तर्फ संघिय, प्रदेश ससर्त अनुदान, संघ, प्रदेश समपुरक अनुदान तर्फ २८ करोड १५ लाख ३ हजार, गापा स्तरिय एवं वडाका पूर्वाधार विकास तर्फको पुंजीगत तर्फ २६ करोड १ लाख र कार्यालय संञ्चालन, कर्मचारी पारिश्रमिक तथा पदाधिकारी सुविधा समेत चालु खर्च तर्फ ९ करोड ५० लाख खर्च हुने प्रक्षेपण गरिएको छ ।
बजेट सार्वजनिक हुनु अघि गाउँपालिका अध्यक्ष राजु आचार्यले प्रस्तुत गरेको सुसासन सम्बन्धी कार्यविधी, आर्थिक ऐन, बार्षिक प्रगति प्रतिवेदन तथा आव ०८१/८२ को बजेट कार्यान्वयन गर्ने कार्यादेशसहितको निती तथा कार्यक्रम पेश गरेका थिए । अध्यक्ष आचार्यले पेश गरेका निती तथा कार्यक्रम समेत सवै विधयक र प्रतिवेदनहरु सभाबाट सर्वसम्मत पारित भएको थियो ।
जलजला गापाको बजेटमा गतवर्ष किचलो देखिएकोमा यस वर्ष भने राजनैतिक दल, सामाजिक संघसंस्थाहरु विच सर्वसम्मतगरी बजेट प्रस्तुत भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
