- Loading...
कालिगण्डकी नदीमा, देवशिला संरक्षण अभियान ?
- पुनहिल डट कम
- ८ महिना अघि
- २३५ पटक पढिएको

शालिगग्राम शिला पाइने कालीगण्डकी नदी संरक्षणका लागि नागरिक स्तरबाट अभियान सञ्चालन भएको छ ।
जिल्लाको बेनी नगरपालिका–९ प्रमुख धार्मिक स्थल गलेश्वरका स्थानीय र बेनी बजारका स्थानीयले संयुक्त रुपमा शालिग्राम संरक्षण अभियानमा जुटेका हुन् ।
गलेश्वर मन्दीर मुनी कालीगण्डकी नदीबाट महिनैंसम्म डाेजर, स्काभेटर प्रयेगगरी नदीजन्य पदार्थ (शालिग्राम समेत)उत्खनन गरी लैजाँदासम्म माैन बसेका अतिवादी भक्तजनहरू मनसुन सुरू भै कालीगण्डकीमा जलसतह बढ्न थालेसँगै संरक्षण अभियानमा निक्लेका हुन ।
हिन्दुधार्मिक विश्वास र शास्त्रहरूमा शालिकग्राम शिलालाइ भगवान विष्णुकाे स्वरूपकाे रूपमा ब्याख्या गरिन्छ । शालिकग्राम बग्ने कालीगण्डकी (गंगा)लाइ भगवान विष्णुकी अविवाहित पवित्रा प्रेमिका मानिन्छ अनि भगवान रामलाइ विष्णुकाे अवतार मानिन्छ । गत वर्ष अयाेध्यामा निर्मित राममन्दीरमा राख्ने भगवान रामकाे वाल अवतार मुर्ति राख्न गलेश्वरभन्दा केहि तल कालीगण्डकी नदीबाट देवशिला लगिएकाे थियाे । अहिले उक्त स्थानलाइ रामघाटकाे रूपमा विकास गर्न खाेजिएकाे छ ।
सामान्यतया शालिकग्राम शिला कालाे रंगकाे, साना अाकारमा रहेका चक्राकार हुन्छन । र परम्परादेखी यीनै चक्राकार शिलालाइ शालीगग्रामकाे रूपमा पुज्य हुँदै अाएका भएपनि अहिले कालीगण्डकी नदीका सवै ढुङ्गा देवशिला भन्न थालिएकाे छ । उनीहरूले कालीगण्डकी र शालिकग्राम संरक्षणमा निक्लेका अभियन्ताहरूले नदी किनारका ढुङ्गाहरूमा ऊँ नमः शिवाय, जय शिवालय जस्ता देवनाम लेखेर संरक्षण गरेका हुन । कालीगण्डकीका देवशिलाहरूमा धर्म हाेड चलेकाे अाभास हुन थालेकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
