- Loading...
‘बेकारबाट आविस्कार’ गर्दै मंगला गाउँपालिका
- पुनहिल डट कम
- ८ महिना अघि
- ३३० पटक पढिएको

जथाभावी फालिएका वातावरणमा प्रदुषण बढाउने पलास्टिकजन्य फोहोरलाई उपयोग गर्न जाने घरायसी प्रयोजनका सुन्दर सामाग्री बनाउन सकिन्छ । र यसको उदाहरण बनेको छ, मंगला गाउँपालिका ।
मंगला गाउँपालिका, २ सिमलचौर, बाबियाचौर, रणवाङ, सहस्रधारा समेत वस्तीका ५३ जनाले गाउँका बाटो, पसल वा विद्यालयका छेउछाउमा फाँकिएका विस्कुट, चकलेट र चाउचाउका बोक्राबाट घरायसी प्रयोजनका सुन्दर सामाग्री बनाउन थालेका छन ।
मंगला गाउँपापलिकाको आयोजनामा ‘बेकारबाट आविश्कार’ नाम दिएर फोहोरको डुँगुरमा मिल्काईएका पलास्टिकजन्य बोटल, बोरा र अन्य चाउचाउ, मिठाई र विस्कुटका खोलसमेतका फोहोरलाई धोईपखाली गरी सुन्दर र आकर्षक घरायसी सामाग्री बनाउ सकिाएको हो ।
अहिले मंगला गापा केन्द्र रहेको बाबियाचौर बजारका गृहणीहरु घरायसी प्रयोगपछि निक्लेका प्लास्टिकजन्य वस्तु, सडकका छेउकिनारामा फालेका पलास्टिकजन्य फोहोर घरमा ल्याई धोईपखाली सफा गरेपछि च्यातेर धुजाधुजा पार्छिन । अनि तिनै प्लास्टिकका टुक्रा जोडेर टोपी, डाली, चकटी, चप्पल, सुकुल, गुन्द्री बुन्न ।
‘गाउँपालिकाको आयोजनामा प्रशिक्षक ल्याई गृहणीहरूलाइ तीन दिने प्लास्टिकजन्य फोहोरजन्य वस्तुको उपयोग गरी मोहोर आर्जन जर्न सिकाईएको हो । यस्ता फोहोरजन्य प्लास्टिकजन्य सामाग्रीको पुनःप्रयोगले वातावरण संरक्षणमा पनि योगदान पुर्याएकाो छ’ तालिमको संयोजन गरेका मंगला गाउँपालिकाका असिस्टेन्ट सवइन्जिनियर विपिन आचार्यले भने, ‘खाएर फालेका चाउचाउ, मिठाई, विस्कुटका खोलबाट चकटी बनेका छन, प्लास्टिकका बोटलबाट धागो बनाई अन्य घरायसी सामाग्री बनाउन सकिएको छ ।’
जथाभावी फालिएका वातावरणका प्रदुषणजन्य फोहोरलाई घरायसी प्रयोजनका तथा सजावटका सामाग्री बनाउन सकिने भएपछि अन्य गाउँका गृहणीहरुले पनि फाहोरलाई उपयोग गर्ने काईदा सिको गर्ने विश्वास गरिएको छ ।
फोहोरबाट दैनिक प्रयोजनका सामान बन्न थालेपछी गाउँघर प्रदुषणमुक्त मात्र भएको छैन् वातावरण संरक्षणमा समेत उल्लेख्य योगदान पुगेको छ । उनीहरुले यस्ता वस्तुबाट घरायसी सामाग्री बनाउन रैथाने शिप र अक्कललाई प्रयोग गरेका छन । एउटा टोपी बनाउन स्थानिय तिन दर्जन चाउचाउका खोल र ५० ओटा चकलेटका खोल भए पुग्छ ।
पलास्टिकजन्य दैनिक उपयोगका सामाग्राी बन्न थालेपछि छिमेकीले समेत चाउचाउ पकाएपछी खोल जतनगरी राख्ने गरेका छन् । पलास्टिक यत्रतत्र नफालेपछि गाउँघर निक्कै सफासुघर बनेका छन् । सामानले घरमा सानातिना सामाग्री राख्न र बस्न सजिलो भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
